काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सत्तारूढ दल तयार भएको छ । सत्तारूढ दल छानबिन समिति बनाउन तयार भएपछि संसद्को अवरोध खुल्ने भएको छ । प्रतिपक्षी दलहरूले छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्दै आएका थिए ।
सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) छानबिन समिति बनाउने ’boutमा सहमत भएका छन् । यसअघि प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएकामा सो माग छोडेका छन् । उनीहरूले राजीनामासहित छानबिन समिति माग गर्दै आएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आमजनता पार्टी (आजपा)सहितका दलहरूले छानबिन समिति गठन हुनुपर्ने अडान लिँदैआएका छन् । यद्यपि, रास्वपा अझै आन्तरिक छलफलमै रहेकाले बिहीबारको प्रतिनिधिसभा बैठक अगाडि बढ्न सकेन । प्रतिनिधिसभाको बैठक शुक्रबार (आज) १ बजेसम्मका लागि स्थगित भएको छ ।
बैठक बस्नुअघि प्रतिपक्षी दलहरूको बैठक बसेको थियो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद खोल्न तयार रहेको बताएका थिए । बिहीबार सुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच छलफल भएको थियो ।
सो छलफलमा कांग्रेस छानबिन समिति बनाउन तयार भएपछि प्रचण्डसहित माओवादी उपमहासचिव वर्षमान पुन, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो ।
छलफलमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन तथा अध्ययन समिति बनाउनुपर्छ भनेर प्रस्ताव गरेका थिए । बर्तौलाको प्रस्तावपछि सत्ता पक्ष र प्रतिपक्षी दलले छुट्टाछुट्टै आन्तरिक छलफल गरेका छन् ।
भिजिट भिसा प्रकरणमा ‘अध्ययन तथा छानबिन’ भन्ने शब्द राखेर दुईबुँदे मस्यौदा अघि बढ्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार यस’bout सहमतिका लागि रास्वपाले थप समय मागेको हो । प्रचण्डले सत्तारूढ दलका नेतासँग लिखित प्रतिबद्धता हुनेगरी अघि बढ्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार करिब सहमति जुटेको प्रचण्डले बताए ।
‘अझै केही हामीले छलफल गर्न पाउनुप¥यो, हामी पनि केही कुरा गरौं, भोलि (शुक्रबार) चाहिँ यो टुंगिन्छ,’ उनले भने, ‘रास्वपाका साथीहरूले अलि छलफल गर्न चाहनुभयो, भोलि (शुक्रबार) सभामुखले कति बजे भन्नुहुन्छ, त्यति बजेदेखि सदन खुल्छ ।’
सो प्रकरणको छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारूढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताए पनि रास्वपाले यसमा निर्णय लिन समय माग गरेको छ । बिहीबार अवरोध खुलाउन सक्रिय रहेका प्रचण्डले शुक्रबारदेखि नियमित रूपमा संसद् चल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिपक्षी दलको बैठकमा जानुभन्दा अघि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा पनि छलफल भएको थियो । छलफलमा नेपालले प्रतिनिधिसभाको अवरोध खोल्नेगरी अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।
कांग्रेस नै तयार भएपछि एमाले पनि यसमा सहमत भएको बताइन्छ । सहमतिको मस्यौदा लिएर कांग्रेस प्रमुख सचेतक घिमिरेले पार्टी सभापति शेरबहादुर देउवासँग समेत छलफल गरेका छन् । संसद्को जारी अवरोध खुलाउने ’boutमा सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गर्दै आएका छन् ।
प्रतिपक्षी दलहरूले १३ जेठदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । १५ जेठमा भने उनीहरूले बजेट प्रस्तुत गर्न अवरोध गरेनन् ।