‘आ बाट आमा’मा नेपाली र भारतीय कलाकार

काठमाडौं । गत वर्ष आधा दर्जन बलिउड तथा दक्षिण भारतीय र बाँकी नेपाली कलाकार लिएर चलचित्र ह्रस्व दीर्घ निर्देशन गरेका चन्द्र पन्तले यति बेला नयाँ चलचित्र ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन् । यो चलचित्रमा पनि नेपालीसँगै तेलुगु, हिन्दी र तमिल चलचित्रका कलाकारलाई अभिनय गराउने उनले जनाएका छन् ।

नेपालीसँगै तेलुगु, तमिलमा पनि निर्माण हुने यो चलचित्रको लागि उनले भारतीय बलिउड तथा दक्षिण भारतीय अभिनेता प्रदीप रावतलाई अनुबन्धित गरिसकेका छन् । चलचित्र आ बाट आमामा प्रदीप रावतको पनि शीर्ष भूमिका हुने चन्द्र पन्तले जानकारी गराएका छन् ।

निर्देशक पन्तले प्रदीप रावतको भूमिका’bout राजधानीसँग भने,‘आ बाट आमामा प्रदीप रावतलाई अनुबन्ध गरेका छौँ भने उहाँ यो चलचित्रमा पल शाहको बुबाको भूमिकामा हुनुहुने छ । नितान्त नेपाली लवजमा उहाँले यसमा नेपाली शैलीको भूमिका निर्वाह गर्दै हुनुहुन्छ,’

पन्तको भनाइमा अभिनेता रावतले नेपाली चलचित्रमा काम गर्न निकै उत्साहित रहेको बताए । अभिनेता रावतले यसअघि ह्रस्व दीर्घमा अभिनेत्री निता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका थिए ।

यो चलचित्रमा यसअघि बिपना थापा, पल शाह अनुबन्धित भइसकेका छन् । निर्देशक पन्तका अनुसार बाँकी कलाकार केही दिनमै अनुबन्धित गरेर उनी छायांकनको तयारीमा जुट्ने छन् । यो चलचित्रको स्क्रिप्ट अभिमन्यु निरवीले तयार पारेका हुन । चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु गरिने भएको छ भने यो चलचित्रको रिलिज आगामी १५ फागुनलाई तोकिएको पनि चन्द्रले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङका काँग्रेस सभापति राईलाई पार्टीबाट निष्कासन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा