उदयपुरको भुल्केमा निःशुल्क औषधी बितरण

उदयपुर । नोबेल कोरोना भाइरस (कोभिड १९) को केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा सामाजिक बिकास मन्त्रालयले निःशुल्क औषधी बितरण गरेको छ । संक्रमित क्षेत्रमा बसोबास गर्ने सबैलाई औषधी बितरण गरेको हो ।

चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथीक एशोसिएसन प्रदेश १ को सहयोगमा त्रियुगा नगरपालिका– ३ भुल्के तथा क्वारेन्टाइनमा बस्ने र अग्र भागमा खटिने स्वास्थ्यकर्मि, जनप्रतिनिधि, गैसस, सुरक्षाकर्मि र पत्रकारहरुलाई नोबेल कोरोना कोभिड १९ सँग लड्न सक्ने अर्थात रोग प्रतिरक्षा प्रणाली बढाउने Arsenicum Album नामक होमियोप्याथिक औषधी बितरण गरिएको थियो ।

सामाजिक बिकास मन्त्रालयका चिकित्सक महाशाखाका डा. सरोज बिशालले देशकै उच्च जोखिम भएको स्थान भएकाले हामीले पहिलो चरणमा भुल्केबाट नै निःशुल्क औषधी बितरणको शिविर राख्न खोजेको जानकारी दिए । Arsenicum Album नामक औषधी एक ब्यक्तिले प्रत्येक दिन बिहान ४ वटाका दरले तीन दिन सम्म खानु पर्ने त्यसले ३ महिला सम्म काम गर्ने चिकित्सक घनश्याम सुबेदीले बताए ।

उनले भने, ‘कोरोना (कोभिड १९) को रोकथाम बाहेक अहिले सम्म कुनै औषधी बनेको छैन ।’ यसलाई बिभिन्न बिधिद्धारा रोकथाम गर्ने मात्र हो, कोरोनाको उपचार बिधि भनेकै खोप हो । यसको अहिले सम्म पत्ता लगाउन सकेको छैनन । चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथीक एशोसिएसनका केन्द्रिय अध्यक्ष कमल सुबेदीका अनुसार रोगले भन्दा बढी हामी अहिले डरले मर्न लागेको छ, मानिसमा हुने डर भगाउन र रोगसँग लड्न प्रतिरक्षा प्रणाली बढाउनका लागि औषधी बितरण गर्दै हिडेको दाबी गरे । नेपाल सरकारले नोबेल कोरोना कोभिड १९ सँग लड्न तयार पारेको मापदण्ड अनुरुपको औषधी भएको उनले बताए ।

भारत सरकारको आयुस मन्त्रालयले भारत भरनै यो पद्धती लागु गरेर त्यसको नजिता राम्रो आएपछि नेपाल सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागले Ayurveda & Alternative Medicine Guidenes for Preventive Measures & Management Protocol for COVID-19 in Nepal तयार गरी होमियोप्याथिक उपचार पद्धतीको समेत Protocol तयार भई लागु भएको जनायो ।

त्रियुगा नगरपालिकाको सभाहलमा प्रदेश सासद अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, उप प्रमुख देवीकुमारी चौधरी नागरिक समाज, गैसस पत्रकारहरुसँग अन्तरक्रिया गरि मन्त्रालयबाट आएका आधा दर्जन बढी चिकित्सकहरुले औषधी त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरेको थियो । टोलीले त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडामा क्वारेन्टाइनमा बसेका २० जनालाई समेत औषधी हस्तान्तरण गरिएको थियो भने भुल्केका सम्पूर्ण ब्यक्तिलाई तिन दिन सम्म खान पुग्ने औषधी दिएको थियो ।

औषधी बुझ्दै नगर प्रमुख चौधरीले नोबेल कोरोना कोभिड १९ को महामारीसँग लडि रहेको अबस्थामा प्राप्त औषधीलाई वडाध्यक्ष मार्फत तत्काल बितरण गरिने यसले पनि जनतामा मानसिक रुपमा सक्षम र सबल बनाउन मद्धत पुग्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित