Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश २सप्तरीमा लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो

सप्तरीमा लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो

,
sharethis

सप्तरी । कोरोना संक्रमणको पुष्टि भएपनि दुई दिन यता लकडाउनको पालना भने ठिक ढंगले हुन सकेको छैन । अघिल्लो दिन डाक्नेश्वरी नगरपालिकामा एक १८ वर्षीय युवालाई कोरोना संक्रमणको पुष्टि भएपछि पनि लकडाउनको उल्लंघन गरी सडकमा सर्वसाधारणको भिडभाड बढ्न थालेको देखिएको हो ।

सरकारले खुल्ला गर्ने भनेको अत्यावश्क सेवा बाहेकका पसल समेत धमाधम खुल्न थालेका छन् । मंगलबार सदरमुकाम राजविराज बजारका केही जुत्ता पसाल, श्रृंगार पसल, ज्वेलरी पसल, पान पसल, पुस्कत पसल र हार्डवेयर पसल समेत संचालनमा आएको देखिएको छ ।

यसैगरी नगरका मूल सडकहरुमा सवारीसाधनहरु पनि उल्लेख्य मात्रामा गुडेका छन् । नगरका विभिन्न स्थानमा भवन निर्माणका काम पनि सुरु भएको छ । तर, भवन निर्माणको काम गर्दा सामाजिक दुरी तथा मास्क लगाउने काम समेत नगरि दर्जनौं कामदार एकै ठाउँमा खट्न थालेको दृश्य देखिएको छ ।

यसले कोरोनाको जोखिम झनै बढाउने भन्दै स्थानिय बुद्धिजिविहरुले चिन्ता व्यक्त गर्दै लकडाउनको पालना गर्न गराउन सबैमा आग्रह गरेको छ । स्थानिय प्रसाशनले सर्वसाधारको समस्यालाई ध्यानमा राख्दै दुई दिन यता लकडाउनलाई केही खुकुलो बनाइएको जनाएको छ ।
डिएसपी तिलक भारतीले भने, ‘निकै लामो समयसम्म लकडाउन रहँदा समस्यामा परेकाहरुलाई ध्यानमा राख्दै केही खुकुलो बनाइएको हो, तर जथाभावी घर बाहिर निस्कने र भिंडभाड गर्नेलाई नियन्त्रणमा लिइने छ ।’

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले लकडाउन उलंघन गर्ने क्रम बढेको बारे आफूलाई पनि सूचना प्राप्त भएको भन्दै यसबारे जिल्ला सुरक्षा समितिको बैठक बसी आवश्यक निर्णय लिइने जानकारी दिएका छन् ।

(Visited 185 times, 1 visits today)

आजको समाचार

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

बँदेललाई पासाे थापेकाे करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी । जङ्गली बँदेलका लागि पासाे थापेकाे ठाउँमा करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

नेम्वाङ र अलमुताइरी विवाद मन्त्रालयमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

राखेपद्वारा छानबिन समिति गठन

काठमाडौं । फुटबलको पछिल्लो विवादका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । एन्फाका...

कांग्रेस पदाधिकारीे बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीे बैठक आज बस्दैछ । दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने प्रवक्ता...

ट्रेन्डिङ

सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा

  इटहरी । सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको बिहीबार बसेको बैठकल साउन १० गतेसम्मलाई निषेधाज्ञा थपेको हो । सुनसरीका...

असार २२ र २३ गते भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी २२ र २३ असारमा सञ्चालन गरिने भएको छ । गत ६ र ७ वैशाखमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)