फछ्र्र्यौटको पर्खाइमा, दुईवर्ष नाघेका ३ सय ८० मुद्दा

dav

वीरगन्ज । मुद्दाको ठूलो चापलाई न्यूनिकरण गर्न युद्धस्तरमा होमिएको पर्सा जिल्ला अदालतले यो आर्थिक वर्ष पनि पुराना (दुईबर्ष कटेका) सबै मुद्दा फछ्र्यौट गर्न नसक्ने देखिएको छ । आर्थिक वर्ष ०७९–०८० मा पर्सामा दुई वर्ष कटेका कुल ९ सय ९८ वटा मुद्दाबाट घटाएर गत आर्थिक वर्षमा ४ सय २५ मा झारेको थियो । सो अनुपातमा मुद्दा घटाउन कस्सिएको पर्सा जिल्ला अदालतले चालु आ.ब.मा सम्भवन नहुने देखिएको हो ।

दुई वर्ष नाघेका करिब सबै मुद्दा किनारा लाग्न सक्ने यो अदालतको अपेक्षा थियो । तर अपेक्षाकृत रुपमा अझै दुईवर्ष कटेका सबै मुद्दा फछ्र्यौट हुन नसकेको तथ्याँकले पुष्टि गरेको छ । गएको बैशाखसम्मको तथ्याँक अनुसार पर्सा जिल्ला अदालतमा अझै दुईवर्ष माथिका ३ सय ८० वटामुद्दा बाँकी रहेको देखिएको छ ।

दुईवर्ष कटेका सबै मुद्दा फछ्र्यौट गर्ने लक्ष्य भए पनि आँकलन अनुसार अलि सम्भव नभएको पर्साका जिल्ला न्यायधिश दीपक खनालले बताए । न्यायालयमा आवश्यक जनशक्ति र नयाँ मुद्दा दर्ताको उत्तिकै चापले पनि पुराना मुद्दा फछ्र्यौटमा केही असफलता भएको उनको भनाइ छ ।

‘दुईवर्ष काटेका मुद्दाको लगत आगामी दिनमा बोकेर हिड्न नसकिने ठोस निश्कर्ष सहित न्यायालय अगाडी बढेको छ’ । तर ‘चालु आर्थिक वर्ष भित्र चाही अलि सम्भव नहोला जस्तो छ’ पर्सा जिल्ला अदालतका जिल्ला न्यायधिश दीपक खनालले भने । डेढवर्ष भित्रै सबै मुद्दाको फछ्र्यौट गरिसक्नु पर्ने न्यायालयको आफ्नै लक्ष्य छ । यसमा पहिलेदेखि झुन्डिदै आएको ठूलो लगतको कारण पनि चालु आर्थिक वर्ष भित्रै चाही अलि सम्भव नदेखिएको पर्सा जिल्ला अदालतले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०८०।०८१ को लगतभन्दा ४५ कम भए पनि चालु चालु आर्थिक वर्षको १० महिना अर्थात गएको बैशाखसम्ममा नयाँ मुद्दाको पनि चाप उत्तिकै आएकोले अपेक्षाकृत रुपमा पुराना मुद्दा अझै थोरै बचेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले बताए ।

१० महिनामा ५ हजार ३ सय नयाँ मुद्दा दर्ता
चालु आर्थिक वर्षको १० महिनामा मात्र पर्सा जिल्ला अदालतमा ५ हजार ३ सय २६ नयाँ मुद्दा दर्ता भएका छन् । सबै मुद्दामध्ये पर्सामा देवानी प्रकृतिका मुद्दाको चाप भने अलि बढि नै आउने गरेको पनि पर्सा जिल्ला अदालतका श्रेस्तेदार मल्लिकको तर्क छ ।

गतवर्षको लगत कुल ६ हजार ९२ सरेर आएको र नयाँ दर्ता भएका ५ हजार ३ सय २६ वटा गरी कुल ११ हजार ४ सय ७६ मुद्दा मध्ये गएको बैशाखसम्ममा ५ हजार ४ सय ७६ वटा मुद्दा फछ्र्यौट गरिसकेको पनि पर्सा जिल्ला अदालतको तथ्याँकले देखाएको छ ।

बाँकी रहेका ५ हजार ९ सय ४२ मुद्दा मध्ये एक वर्ष भित्रका ४ हजार १ सय ८६ वटा छन् । त्यसै गरी १ वर्ष नाघेका ८ सय ३८ वटा, १ वर्ष ६ महिना कटेका ५ सय ३८ र २ वर्षमाथिका ३ सय ८० वटा मुद्दा पर्सा जिल्लाको पछ्र्यौटको निर्णय कुरेर बसेका छन् । जिम्मेवारी सरेर आएका मुद्दाहरु मध्ये ३ हजार ३ सय ३३ वटा चाही देवानी प्रकृतिका भएझै नयाँ दर्ता भएका कुल ५ हजार ३ सय २६ वटा मुद्दामा पनि ३ हजार १ सय देवानी प्रकृतिकै मुद्दा रहेको अदालतका श्रेस्तेदान मल्लिकले बताए ।

फछ्र्यौट मुद्दा करिब साढे पाँच हजार
बैशाख मसान्तसम्म फछ्र्यौट भएका कुल ५ हजार ४ सय ७६ मुद्दाहरु मध्ये सबैभन्दा बढि न्यायधिशहरु माधव प्रसाद घिमिरे र दीपक खनालले क्रमशः ७ सय ७८ र ७ सय ५३ वटा मुद्दा फैसला गरेको जिल्ला अदालत पर्साको तथ्याँकले देखाएको छ । त्यसैगरी अन्य न्यायधिशहरुमा नन्दकिशोर प्रसाद यादवले ६ सय २८, प्रमेश पोख्रेलले ४ सय ५९, उत्तम सिलवालले १ सय ४४, आनन्द प्रसाद श्रेष्ठले ४ सय ६६, मोहन सुवेदीले ४ सय २१, उपेन्द्रकेशर खनाललेले २ सय २१, मुकुन्द आचार्यले ४ सय २२, कमलकान्त जोशीले ३ सय ७१, रुद्र प्रसाद सुवेदीले ३ सय ५८, र सरुवा न्यायधीशहरुले पनि ४ सय ५५ वटा मुद्दा फछ्र्यौट गरेको पनि पर्सा जिल्ला अदालतको तथ्याँकमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको जेठ महिनामा पनि मुद्दाको निकै ठूलो हिस्सा फछ्र्यौट गरिएको छ । तर यो लगतको भने मास्केवारी तयार पार्न केही दिन लाग्ने पनि पर्सा जिल्ला अदालतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङका काँग्रेस सभापति राईलाई पार्टीबाट निष्कासन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी