उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले १८ औं नगर सभाबाट आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम पास गरेको छ । सोमवार नगर सभाहलमा नगर उपप्रमुख मणिकादेवी दुलालले आगामी आर्थिक वर्षको बिनियोजन बिद्येयक प्रस्तुत गरेकी हुन ।
नगर सभाले आगामी आर्थिक वर्षका लागि १ अरब १३ करोड ३५ लाख ६२ रुपैयाको बजेट सार्वजनिक गरेको छ । नगर सभाले विषयगत कार्यालय तथा वडा कार्यालयलाई ६३ करोड ८८ लाख ४ हजार ६ सय, विषयगत शाखा शसर्त ३९ करोड ६९ लाख, संघिय सरकार समपुरक अनुदान १ करोड, आन्तरिक आय ५ करोड १० लाख, प्रदेश सरकार समपुरक ८० लाख, प्रदेश सरकार शसर्त १ करोड ३७ लाख ६४ हजार रहेको जनाएका छन ।
चौदण्डीगडी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि निति कार्यक्रम तथा बजेट गत बैशाख १९ गतेको १८ औं नगर सभामा प्रस्तुत गरेका थिए । नगरपालिकाको सभाहलमा १८ औं नगर सभामा नगर प्रमुख कालुकान लामाले आर्थिक बर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए् ।
नगर प्रमुख कालुमान लामाले आर्थिक वर्ष २०८२–०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षलाई भौतिक पूर्वाधार वर्षको रुपमा मनाउँने निति तथा कार्यक्रमले सम्बोधन गरेको थियो । उनले जनताको अपेक्षा र आवश्यकतालाई मध्येनजर गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतलाई प्राथमिकतामा राखेको जनाएका छन ।
चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ को नीति कार्यक्रम तथा बजेट प्रत्येक वडामा सर्बदलिय, सर्बपक्षिय छलफल गरि आवश्यकताको आधारमा योजना छनोट गरि तथा २१२ टोल विकास संस्थाहरुमा घनिभूत छलफल सहित ल्याएको नीति कार्यक्रम तथा बजेटले सबै टोल विकास संस्थाहरुमा योजना वितरण गरेको बताए ।
चौदण्डीगढीले ल्याएको नीति तथा कार्यक्रममा आगामी वर्ष भौतिक पूर्वाधार निर्माणको वर्षको रुपमा मनाउने लक्ष्य लिइएको छ । त्यसैगरी एक टोल एउटा विकास योजना एक योजना कार्यक्रम सञ्चालन गर्ने नगरको नीति पास गरेको छ । त्यसैगरी नगरपालिकाले एक वडा, एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । पशु बिमा कार्यक्रम, पूर्ण पशु खोप कार्यक्रम तथा नश्ल सुधार कार्यक्रम सञ्चालन गर्ने नीति अबलमब गरेको छ ।
त्यसैगरी गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालयहरूको स्तरीकरण र संस्थागत विद्यालयहरूको प्रभावकारी नियमन गरिने योजना लिएको छ । त्यसैगरी कृषि क्षेत्रलाई आत्मनिर्भर बनाईने, तरकारी आयत बिस्थापनका साथै रैथाने बालीको संरक्षण गर्ने, गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउने नीति लिएको छ । नगर प्रमुख लामाले कुलत तथा दुव्र्यवसनीमा परेका युवाहरुलाई समाजमा पुनःस्थापना गर्न विभिन्न सचेतनामुलक र पुनःस्थापना कार्यक्रम संचालन गरिने, महिला अपाङ्ग, दलित, विपन्न, अल्पसंख्यक समुदायको आय बृद्धी गर्न क्षमता अभिबृद्धी तथा सिप विकास तालिक संचालन गर्ने, सामाजिक समानता, लैङ्गिक समानता, जातिय विभेद हटाउने एवम् सांस्कृतिक र भाषि संरक्षणका लागि विभिन्न कार्यक्रम संचालन गर्ने, गाँउको विकास र बजारको ब्यबस्थापनलाई मध्यनजर गर्दै विकासका आयोजना तथा कार्यक्रम छनौट गर्दा जनतालाई अनुभुति हुने गरी तत्काल प्रतिफल प्राप्त हुने, रोजगारी सृजना हुने तथा आय आर्जन हुने योजनाहरुलाई निरन्तरता दिने, आयोजनाको संचालन तथा सम्पन्न गर्न सरकारी निकाय, राष्ट्रिय, अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा सरोकारवाला सबै क्षेत्रसंग समवन्य र सहकार्य गरी प्रभावकाली रुपमा संचालन गर्ने नीति पास गरेको छ ।
त्यसैगरी योजना तथा कार्यक्रमहरु कार्यान्वन गर्दा जनसहभागितामा जोड दिदै दिगोपना, पारदर्शीता र जवाफदेहीता एवम् नतिजामुखी बनाउन ध्यान दिने नीति लिएको जनाए । योजना छनौट गर्दा सम्भव र उपलब्ध भए सम्म स्थानीय श्रोत र श्रममा आधारित परियोजनाहरुलाई प्राथमिकता दिईने, प्राकृतिक श्रोतबाट संकलित राजस्वलाई नगरपालिका रहने रकमलाई सत प्रतिशत मानी त्यसमध्येको ५० प्रतिशत रकम सम्बन्धित वडा क्षेत्रको विकास, श्रोत संरक्षण, जोखिम ब्यबस्थापन लगायतका काममा खर्च गर्ने, यस्तै घाटा बजेट, अबण्डा बजेट, बार्षिक कार्यक्रमको पटक पटक संशोधन गर्ने जस्ता कार्यलाई क्रमश न्युनीकरण गर्दै सन्तुलित र अनुमानयोग्य बजेट निमार्ण तथा कार्यान्वयन गरिने नीति लिने नगर प्रमुख लामाले बताएका छन् ।
नगर प्रमुख लामाले स्वास्थ्य, शिक्षा खानेपानी लगायत मानव जीवनमा अत्याबश्यक क्षेत्रमा आबश्यक लगानी गर्दै सडक संजालले सबै नगर क्षेत्रलाई जोड्दै सुबिधा सम्पन्न नगरको रुपमा विकास गर्दै जाने, आम नगरबासीको जीवनस्तरमा सुधार ल्याउने, अनुदान तथा साझेदारी बजेटको उच्चतम परिचालन गर्दै नगरभित्र रहेका श्रोत साधन, राजश्वको पहिचान र परिचालन गरी नगरको आर्थिक समेद्धि हासिल गर्ने, त्यस्तै आङ्खनो टोल आफै बनाउ, आङ्खनो वडा आफै बनाउ र आङ्खनो नगर आफै बनाऔं भन्ने सोच र भावना सहित दिगो विकास मार्फत समुन्नत र समृद्ध नगर निमार्ण गर्ने, नगरभित्रको सबै हाटबजारको उचित ब्यबस्थापन गर्दै ब्यापारिक नाकाको रुपमा विकास गर्ने, वजेटलाई वितरणमुखी भन्दा पनि ठोस योजनामुखी र उत्पादनमुखी बनाउने, यस्तै बिभिन्न प्रकारका विपद् र महामारीबाट हुन सक्ने क्षतिको न्युनीकरण गर्दै नागरिकको जीवन रक्षामा सहयोग पु¥याउने रहेको छ ।
नगर सभामा नगर प्रमुख लामाले भुमी सम्बन्धी बिद्ययेक २०८२ र लेखा समितिका सभापति अम्बरबहादुर खड्काले प्रस्तुत गरेको सार्वजनिक लेखा समितिको प्रतिवेदनलाई पनि ध्वनीमतका साथ अनुमोदन गरेको छ ।
चौदण्डीगढी नगरपालिकाले आगामी बर्ष ०८२–०८३ का लागि सार्वजनिक गरेको बजेट माथि बृहत छलफल पछि सो नीति तथा बजेट सर्बसहमतले पारित गरेको थियो । १८ औं नगर सभा मार्फत नगरका बिभिन्न बिधाका उत्कृष्ट कर्मचारीलाई नगदले पुरस्कृत गर्दै सम्मान गरेको तथा उपभोक्ता समिति लाई समेत समान गरिएको थियो ।