सामाजिक सञ्जालमा गाली गलौचविरुद्ध प्रतिकारमा कलाकार

काठमाडौं । आफूलाई सामाजिक सञ्जालमा जथाभाबी लेखेको भन्दै यसै साता गायिका समीक्षा अधिकारीले जेसी अशोक कोइरालाको परिवारसहितको फेसबुक पेजमा सार्वजनिक गरिन् । त्यसको लगत्तै कोइरालाले सामाजिक सञ्जालमार्फत माफी माग्दै अगाडी लेखे, ‘समीक्षा बहिनीलाई जे लेखियो, त्यसको लागि हृदयदेखि माफी माग्छु, यसलाई लामो बनाउनु भन्दा फेरी भेट हुँदा हात जोडेर माफी मागौँला…। अब आइन्दा यस्ता गालीसँग नजोडिने बाचा गर्दछु ।’

समीक्षा अधिकारी

आफूलाई सामाजिक सञ्जालमा गाली गर्ने व्यक्तिको परिवारमा छोरी भएको स्मरण गराउँदै समीक्षाले ती व्यक्तिको दुई छोरीहरूसहितको तस्बिर र सो गालीलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । त्यसपछि कोइरालाले यसरी बाध्य भएर माफी माग्नु प-यो ।

पछिल्लो समय आफूलाई सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने व्यक्तिहरू विरुद्ध कलाकारहरू प्रतिकारमा उत्रन थालेका छन् । गायिका समीक्षाले यसरी प्रतिकारमा उत्रनु अघि अरू कलाकारहरूले पनि सामाजिक सञ्जालको गालीविरुद्ध प्रतिकार गरे ।

अभिनेत्री सुरक्षा पन्तले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा हृदयन्द्रलाई चलचित्रमा नायक भएर आउन एक टेलिभिजन अन्तरवार्तामा सुझाव दिएकी थिइन् । उनले दिएको सुझाव विरुद्ध दुई महिना अघि सुरक्षाले धेरै प्रतिक्रिया खेप्नु परेको थियो । सोही क्रममा अभिनेत्री ऋचाले सुरक्षालाई हौसला दिँदै आफ्नो फेसबुक पेजमा स्ट्याटस लेखेकी थिइन् । सोही स्ट्याटसको विरुद्ध बाबुराम धिताल, जनक खड्कालगायतले अभिनेत्री ऋचा शर्मालाई सामाजिक सञ्जालमा अपशब्द लेखे ।

ऋचा शर्मा

त्यसको प्रतिकार स्वरूप ऋचाले खडका र धितालको गालीयुक्त स्ट्याटसलाई आफ्नो फेसबुकमा महत्वका साथ राखिन् । जसका कारण धिताल र खड्का दुवै भाइरल भए । तर तत्कालै धितालले सार्वजनिक रूपमा माफी मागे । अभिनेत्री ऋचाको भनाइमा धितालले माफी मागेको भिडियो खिचेर ऋचा लाई पठाए । त्यसपछि अभिनेत्री ऋचाले धितालद्वारा माफी मागिएको भन्दै माफी दिएको आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराइन् ।

अभिनेत्री ऋचाले गरेको सो प्रतिकारले गायिका समीक्षा अधिकारीलाई पनि आफू विरुद्ध अपशब्द लेख्नेहरूको नाम र स्ट्याटस सार्वजनिक गर्न हौसला मिलेको हो । यति बेला अर्की गायिका एलिना चौहान पनि गायिका समीक्षा र अभिनेत्री ऋचा शर्माको पथमा छिन् ।

एलिना चौहान

आफूलाई गाली गलौच गर्नेहरू विरुद्ध गायिका एलिनाले बुधवार एक भिडियो सार्वजनिक गर्दै अब उनीहरू सबैको नाम सामाजिक सञ्जालमा सार्वजनिक गर्दै जाने चेतावनी दिएकी छिन् । उनले दिएको चेतावनी युक्त भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । नामसँगै आफूलाई गाली गलौच र अपशब्द लेख्नेहरूको स्ट्याटस यस अघि अभिनेत्री ऋचा शर्मा र गायिका समीक्षा अधिकारीले जस्तै आफूले पनि सामाजिक सञ्जालबाटै सार्वजनिक गर्ने यी गायिकाले बताएकी छिन् ।

उनले सो भिडियोमा भनेकी छिन्,‘जति न बोल्यो, जति सह्यो, जति चुप लागेर बस्यो, त्यति हेपाई खाइँदो रहेछ । अब पालैपालो पोस्ट गर्छु । भाइरल हुन मन लाग्नेहरू आइज है’, त्यस्तालाई आफूले एक एक गर्दै एक्सन लिने पनि उनले बताएकी छिन् ।

यसरी सामाजिक सञ्जालमा गाली गलौच अत्यधिक बढेपछि सेलिब्रिटीहरू पनि मौन बस्न छाडेका छन् । यस्ता गाली गलौच, अभद्र टिप्पणी गर्नेहरूले विरुद्ध कलाकारहरू प्रतिकारमा उत्रिन थालेपछि अभद्र कमेन्ट गर्नेहरू सावधान हुनु पर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मदनदास श्रेष्ठ, बालेन शाह र सुनिता डंगाेलले काठमाडाैंकाे मेयरमा उम्मेद्वारी दिने