गुल्मीमा एसइई नजिताः ३ जनाको चार जिपिए, १० विद्यालयको नजिता सतप्रतिशत

गुल्मी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई नजिताअनुसार गुल्मीका ६७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गत बर्ष गुल्मीबाट साधारणतर्फ तीन हजार पाँच सय ११ र प्राविधिकतर्फ तीन सय ३२ गरी कुल दुई हजार पाँच सय ८५ विद्यार्थी सहभागि भएका थिए । जसमा साधारणतर्फ दुई हजार चार सय पाँच र प्राविधिकतर्फ एक सय ८० गरी कुल दुई हजार पाँच सय ८५ विद्यार्थीले ग्रेड पाएका छन् ।

परीक्षामा जिल्लाका तीनजना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् । जसमा शान्तिपुरस्थित उदय माविका छात्र निशान भण्डारी, हंसरास्थित सत्यवती माविका छात्र अर्जुन भण्डारी र सिर्जित भण्डारी रहेका छन् ।

१० विद्यालयको नजिता शतप्रतिशत
गुल्मीका १० विद्यालयले शतप्रतिशत नजिता हाँसिल गरेका छन् । जसमा छ सामुदायिक र चार निजी रहेका छन् । एसइई परीक्षामा सहभागि सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवाको जनता माविका १४, वडा नम्बर ६ को रुद्रगंगा इङ्गिस बोर्डिङ स्कूलका आठ, धुर्कोट गाउँपालिका –३ को सोमरभोमर माविका १६, वडा नम्बर ६ रजस्थलको इन्दिरा माविका १४ जना विद्यार्थी सबै पास भएका छन् ।

छत्रकोट गाउँपालिका–५ को जनमाविका सात, वडा नम्बर ३ भेडुवाका इभरग्रीन इङ्गिस बोर्डिङ स्कूलका ११ जना, रेसुङ्गा नगरपालिका वडा नम्बर ४ को बुद्ध माविका ९, वडा नम्बर १३ दुविचौरको घोर्ले माविका १८, वडा नम्बर ८ स्थित रिडर्स पब्लिक हाई स्कूलका ३३ तथा वडा नम्बर १० सिमिचौरस्थित लिटिल स्टार इङ्गिस बोर्डिङ स्कूलका १५ जना विद्यार्थी सबै उत्तिर्ण भएको जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरे जानकारी दिए ।

गत बर्ष संचालन भएको एसइईमा साधारणतर्फ एक हजार एक सय छ र प्राविधिकतर्फ एक सय ५२ गरी कुल एक हजार दुई सय ५८ विद्यार्थीले ग्रेड नपाएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख घिमिरेले बताए ।

चार जिपिए ल्याउने सबै सामुदायिक विद्यालयका
गुल्मीमा अहिलेसम्म चार जिपिए ल्याउने सबै विद्यार्थी सामुदायिक रहेका छन् । २०७५, ०७८, ०८० र ०८१ सालमा एसइई परीक्षामा चार जिपिए ल्याउने बिद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा चन्द्रकोटको उदय मावि शान्तिपुरका निशान भण्डारी, सत्यवति गाउँपालिकाका सत्यवति माविका अर्जुन र सिर्जित भण्डारीले चार जिपिए प्राप्त गरे ।

यसअघि रेसुङ्गा माविबाट २०७५ सालमा सागर पुरी र ०७८ सालमा आशिष बस्नेत तथा २०८० सालमा श्रृङ्गा जनता माविकी स्मृति कंडेलले चार जिपिए प्राप्त गरेकी थिइन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ प्रकाशन गरेको एसइई परीक्षाको नजिता अनुसार देशभरमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा गुल्मीमा भने त्यसको झण्डै ५.४५ प्रतिशत अर्थात ६७.२६ प्रतिशत विद्यार्थी उत्र्तिण भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङका काँग्रेस सभापति राईलाई पार्टीबाट निष्कासन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम