लकडाउनले टेलिकमको आम्दानी घट्यो

काडमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल टेलिकमको आय अघिल्लो वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७६-७७ को तेस्रो त्रैमाससम्म कम्पनीको आय ६७ करोडले कम भएको हो ।

टेलिकमको वित्तीय विवरणअनुसार गत आवको तेस्रो त्रैमाससम्मको कुल सेवाबापतको आय २७ अर्ब ५० करोड ६० लाख ७५ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिसम्मको कुल सेवाबापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।

चैत १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेका कारण सेवाबापतको आय घटेको टेलिकमले जनाएको छ । कुल बिक्री हिसाब गरिसकेपछि मात्र कमिसन प्रदान गरिने तर बिक्रीअघि डिस्काउन्ट प्रदान गरिने हुँदा डिस्काउन्टका कारणले पनि सेवाबापतको आय घटेको टेलिकमले जनाएको छ । चालू आवको तेस्रो त्रैमाससम्म सो डिस्काउन्ट रकम कुल ८५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्मको कुल आयमा डिस्काउन्ट पनि सम्मिलित गर्दा कुल आय गत आवको सोही अवधिको तुलनामा करिब १८ करोड रुपैयाँले बढी हुने टेलिकमको दाबी छ । त्यसका अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चैत ११ देखि घोषणा गरिएको लकडाउनका कारणले चैत महिनाको टेलिकमको राजस्वमा नकारात्मक असर परेको बताइएको छ । लकडाउनको अवधिमा चैत २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस रकम कुल ५३ दशमलव करोड रुपैयाँबराबरको छ ।

सोही अवधिमा टेलिकमले शून्य ब्यालेन्स भएका मोबाइल प्रयोगकर्तालाई ५ दशलमव ३ करोडबराबरको जिरो ब्यालेन्स प्याकेज प्रदान गरेको छ । त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । यस्तो रकम ८ दशलमव २ करोड रुपैयाँको पनि विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी