काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना संक्रमित सवारी पास बनाएर आएको खुलासा

काठमाडौं । पछिल्लोपटक काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना कोरोना संक्रमित लकडाउनबीच नै काठमाडौं उपत्यका प्रवेश गरेको खुलासा भएको छ । उनीहरु पास बनाएर उपत्यका आउन सफल भएको पाइएको छ ।
्स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि केही दिनअघि मात्र सवारी पास बनाएर तराईबाट आएका थिए। भक्तपुरका संक्रमित महिलाको डेरा ठिमीमा छ भने पुरुषको डेरा दुवाकोटमा रहेको स्रोतले जानकारी दिएको छ।

भक्तपुरमा संक्रमण भेटिएका व्यक्ति पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका व्यक्ति हुन् । एक महिनाअघिसम्म रावलको सुरक्षामा खटिएका ती सशस्त्र प्रहरी जवान केही दिनअघि मात्रै पास बनाएर तराईको जिल्लाबाट काठमाडौं आएका थिए । उनको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा स्थायी अस्थायीरुपमा बस्दै आएको बताइएको छ ।
ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ ।
यसैगरी भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएकी थिइन् । उनलाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का घर भएकी ती महिला २९ वैशाखमा मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी थिइन् ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला चन्द्रागिरि नगरपालिका ९ की हुन् । उनी २९ वैशाखमा कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको हो । उनी निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन् ।
यी तिनै जनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रहरीद्वारा हत्या गरिएका कुमार पौडेलको श्रीमती बागमतीको मेयरकाे उमेदवार