नेपालटार–मङ्गलवारे बिग्रिएको सडक मर्मतमा स्थानीयको अवरोध

इलाम । हिलाम्मे बनेको इलामको नेपालटार–मङ्गलवारे सडक मर्मत गुणस्तरीय नभएको भन्दै स्थानीयले अवरोध गरेका छन् । हिलो भएपछि ग्राभेल गर्ने काम भइरहेको नेपालटार–मङ्गलवारे सडकको निर्माणमा जनप्रतिनिधिकै मिलेमतोमा गुणस्तरीय नभएको भन्दै स्थानीय बासीले काममा अवरोध गरेका हुन ।

जनप्रतिनिधिकै मिलेमतोमा गुणस्तरहीन काम भएको आरोप

वर्षासँगै सडक हिलाम्मे बनेको र प्रयोग गरिएका सामग्री गुणस्तरीय नभएको स्थानीयको आरोप छ । निर्माण कम्पनीले ग्राभेल गर्ने सामाग्रीमा माटो प्रयोग गरेको आरोप छ । सडक मर्मतका नाममा झारो टार्ने काम गरिएको भन्दै निर्माणमा अवरोध गरेका हुन । कोसी प्रदेशको १० लाख रुपैयाँ बजेटबाट कालोपत्रे उक्किएर हिलो भएको ठाउँमा ग्राभेल गर्ने काम सुरु भएको थियो । बर्खामा हिलो हुन र यात्रा सहज बनाउनका लागि सडक मर्मत थालिए पनि त्यहाँ हुने सामाग्री माटो नै प्रयोग गरिएको भन्दै स्थानीय सडकमा उत्रिएका हुन ।

स्थानीय विमल खम्बुका अनुसार ग्राभेल हाल्ने भनेको ठाउँमा माटो प्रयोग गरिएको र बिग्रिएको बाटोमा असारको अन्तिममा आएर माटो हाल्दै काम देखाउनु भनेको बजेट सक्ने काम मात्रै भएको बताए । ‘काम थालेपछि नै राम्रो सामाग्री प्रयोग गर्नुपर्ने भन्दै आए पनि नटेरीकन माटो प्रयोग गरेपछि काम रोक्नुपर्ने भएको हो’ उनले भने, बाटोमा प्रयोग भएको सामान जनप्रतिनिधिले पनि देखिरहँदा पनि केही नबोल्नु उनीहरूको पनि मिलेमतो जस्तो देखियो ।’

यता देउमाई नगरपालिका ३ का वडाध्यक्ष पदमबहादुर कटुवालले त्यहाँ ग्राभेलका लागि प्रयोग गर्ने राम्रो सामाग्री त्यता हुँदै नभएको र अहिले प्रयोग गरेको सामाग्री पनि त्यति नराम्रो नरहेको बताए । ‘कहाँ बाट बजेट आएको कसले गरेको भन्ने थाहा नभएको भन्दै प्रदेश र सङ्घका बजेटमा हामीलाई थाहा हुँदैन’ उनले भने, स्थानीयले जनप्रतिनिधि नै देख्ने हो र मिलेमतोमा काम गरे, खाए भन्ने जनप्रतिनिधिले सधैँ आरोप खेप्नुपर्छ ।’

कालोपत्रे गरिसकेपछि कच्ची बनेको सडक अब पनि बन्ने निश्चित छैन । डिभिजन सडक कार्यालयमार्फत यो सडक कालोपत्रे गरे पनि सडक बोर्डमा सूचीकृत नभएकाले मर्मतमा अन्योल हुँदा सडक बिग्रिएको हो । बिग्रिएको सडक मर्मतमा समेत समस्या भएपछि यो बर्खा इलामको पश्चिमका तीन पालिकासँगको यातायात सम्बन्ध अन्योल छ । देउमाई नगरपालिका,माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका पुग्नका लागि छोटो दुरीको बाटो भए पनि सडकको अवस्था दयनीय छ ।

पर्याप्त छैन बजेट
सडक डिभिजन कार्यालय इलामले नेपालटार मङ्गलवारे सडक कालोपत्रेका लागि १५ करोड रुपैयाँ लाग्ने जनाएको छ । जसमा अहिले भएको कालोपत्रेलाई त्यही माथि मर्मत गर्ने र भत्किएको ठाउँमा बेस बनाएर नै कालो पत्रे गर्ने गरी १५ करोड लागत निस्किएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

‘यो रकम अहिले भएको सडक मर्मतका लागि मात्रै हो, उक्त रकम सडक चौडा सहितको हैन’ उनले भने, ठाउँ ठाउँमा पानी जम्ने ठाउँ भएको हुँदा त्यहाँ ढलाई गर्ने गरी दुई किलोमिटर ढलाई पनि १५ करोड भित्र नै पर्छ ।’ आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले एक करोड ५० लाख र कोसी प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको छ । उक्त बजेट यस सडक निर्माणका लागि पर्याप्त छैन त्यसैले सडक बन्नेमा अन्योल छ ।

हिउँदमा नै सडक दयनीय बनेर आलोचना सुरु भएपछि आफ्नो क्षेत्राधिकार बाहिर भए पनि इलाम नगरपालिका र देउमाई नगरपालिकाले अलिअलि मर्मते आउँ–जाउमा सहज बनाए । देउमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दाहालका अनुसार सडक हिँड्न नसक्ने अवस्था बनेको र मर्मत कसले गर्ने अन्योल भएपछि सामान्य मर्मत गरेर यातायात सञ्चालनमा सहज बनाउन त भनेर पालीकाले काम गरेको बताए । ‘स्थानीय सरकारको क्षेत्रमा नपरे पनि स्थानीयले देख्ने स्थानीय सरकार नै रहेछ उनले भने, अधिकारे नदिए पनि व्यवहारिकता हेरेर कहिले कहीँ काम गर्नुपर्दो रहेछ ।’

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङका काँग्रेस सभापति राईलाई पार्टीबाट निष्कासन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी