काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ । बिहान ११ बजेका लागि नेकपा कार्यालय धुम्बाराहीमा बैठक बोलाएको छ । त्यसका लागि स्थायी कमिटी सदस्यहलाई मोबाइलमा म्यासेज पठाइएको थियो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, सीमा विवादलगायतका विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले धारणा राख्ने बताइएको छ । स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि वैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित गरिएको थियो । अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यसअघि बोलाइएको बैठक स्थगित गरिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)