मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल एसिसी मेन्स सोह्र वर्षभन्दा मुनीको इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै साविक विजेता नेपालले फाइनलमा स्थान बनाएको हो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा परिमार्जन यादवले अविजित ५९ रनको योगदान दिए । शिवान्श बजगाईंले २३ र प्रसिद्ध जैसीले २ रन बनाए । मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन बनायो ।

मलेसियाका मोहम्मद फतुलले सर्वाधिक ३८ र कप्तान डिज पार्तोले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए ।

अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इस्ट जोन कपको फाइनल खेल शनिबार हुनेछ । गत संस्करणको फाइनलमा नेपालले मलेसियालाई २ सय २१ रनले हराएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चक्रघट्टामा जसपाका अध्यक्ष, उपाध्यक्ष निर्वाचित