युक्रेनविरुद्ध रुसको पक्षमा लड्न ३० हजार सेना पठाउँदै उत्तर कोरिया

उत्तर कोरियाले युक्रेनसँग लड्न रुसका लागि आफ्ना सैनिकहरूको संख्या तेब्बर गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्योङयाङले मस्कोलाई सहयोग गर्न थप २५ देखि ३० हजार सैनिक पठाउने तयारी गरेको छ । थप सैनिकहरू आगामी महिनामा रूस पुग्ने विवरण युक्रेनको गुप्चरलाई उदृत गर्दै सीएनएनले जनाएको हो ।

रूसले कब्जा गरेको युक्रेनका क्षेत्रहरूमा, विशेषगरी ठूलठूला आक्रामक कारबाहीहरूमा उत्तर कोरियाली सैनिकहरू रूसी टोलीलाई बलियो बनाउन लडाइँमा संलग्न हुने सम्भावना रहेको बताइएको छ ।

यसअघि नोभेम्बरमा पठाइएका ११ हजार सैनिकहरूले रूसको कुस्र्क क्षेत्रमा युक्रेनको आक्रमण रोक्न सहयोग गरेका थिए । तीमध्ये करिब चार हजार उत्तर कोरियाली सैनिक मारिएको समाचारमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडि