सहायक रथी खड्का र मेजर बोधराज कार्की बर्खास्त

काठमाडौं । नेपाली सेनाले सैनिक आचरणविपरीत काम गरेको आरोपमा दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । जंगी अड्डाले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई बर्खास्त गरेको हो । भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुनेगरी उनीहरूलाई बर्खास्त गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको ’bout भएको ‘कोर्ट अफ इन्क्वाइरी’पछि बिहीबार यो आदेश आएको हो । सैनिक अदालतले उनीहरूबाट अपचलन भएको रकम भराउनेसमेत आदेश गरेको छ ।

यस प्रकरणमा संलग्न कतिपय अधिकारीले अवकाश पाइसकेकाले उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको थियो ।

कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखामा आव २०७८÷७९ र २०७९÷८० मा अनियमितता भएको सूचना आएपछि सैनिक मुख्यालयले महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेको थियो । कोर्ट अफ इन्क्वाइरी बोर्डले प्रारम्भिक जाँचमै कैफियत देखेएपछि केही सैनिक अधिकारीलाई सैनिक प्रहरी गणको हिरासतमा राखेर छानबिन अघि बढाएको थियो । ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ले अवकाश पाइसकेका दुई जनालाई भने कारबाही गर्न भन्दै प्रहरीलाई पत्र लेखेको थियो । सेनाबाट अवकाश पाएको ६ महिनापछि सैनिक ऐन आकर्षित नहुने भएकाले सेनाले तत्कालीन आवास तथा बिमा शाखामा कार्यरत सेनानी समीर गुरुङ र जमदार रवीन्द्र लुंगेलीमाथि अनुसन्धान गरिदिन काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो । उनीहरूले अवकाश पाएको डेढ वर्ष बितिसकेको छ ।

पत्रमा जंगीअड्डामा भएको प्रारम्भिक छानबिनका क्रममा बयान दिँदै प्युठ टीकाराम गोतामे र लुंगेलीले सैनिक प्रहरी गणमा सेनानी गुरुङसमेतको संलग्नतामा बहालवाला प्यूठ गोतामेले ४०–५० लाख रुपैयाँ, लुंगेलीले १ करोड २५ लाख रुपैयाँबराबरको अपचलन गरेको खुलेको भनिएको थियो । आरोपीहरूको बयानका क्रममा सहायक रथी खड्का र सेनानी कार्कीको संलग्नता पछि मात्र खुलेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङका काँग्रेस सभापति राईलाई पार्टीबाट निष्कासन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर