सभापति देउवालाई कांग्रेस नेता केसीको प्रश्नैप्रश्न

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १५औं महाधिवेशन’bout नेतृत्वलाई प्रश्न गरेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकअन्तर्गत बिहीबारको बैठकलाई सम्बोधन गर्दै नेता केसीले सभापति शेरबहादुर देउवालाई ‘सार्वजनिक मञ्चहरूमा समयमै महाधिवेशन हुने अभिव्यक्ति दिने गरेको तर त्यो मिति कहिले ?’ भनेर स्पष्ट पार्न आग्रह गरे ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता केसीले सोधे, ‘बारम्बार केन्द्रीय कार्यसमिति तथा सार्वजनिक रूपबाट समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदै आउनुभएको छ, त्यो भनिएको समय कहिले हो ? त्यो समय २०८२ मंसिरभित्र हो कि २०८३ मंसिर हो ? वा देशको संविधानले दिएको ६ महिना र विशेष परिस्थिति पनि कुर्ने हो ?’

त्यस्तै, नेता केसीले आगामी स्थानीय तहको मुखमै पार्टीको महाधिवेशन पुग्नसक्ने संकेत गर्दै त्यसले पार्टीले क्षति बेहोर्नसक्ने भन्दै नेतृत्वलाई सचेत गराएका छन् । उनले महाधिवेशन धकेलिँदा वैधानिकतामाथि नै संकट आउने भन्दै बेलैमा सचेत हुन आग्रह गरे ।

‘स्थानीय निर्वाचनको मुखैमा पार्टीको महाधिवेशन गर्दा त्यसको परिणाम के होला ? के यो सम्भव छ ? कहिलेकाहीँ निर्वाचनपछि महाधिवेशन गर्ने कुरा पनि उठ्छ, त्यो त संविधान र कानुनी रूपबाट सम्भवै छैन, यस्तो गर्दा पार्टीको वैधानिकतामाथि नै संकट आईपर्ने हेक्का राख्नुपर्ने जरुरी छ, तसर्थ २०८२ मंसिरभित्रै महाधिवेशन सम्पन्न होस्,’ नेता केसीले भने, ‘त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनु अनिवार्य भएको छ ।’

उनले पार्टीको बैठक विधानअनुसार नियमित बस्न नसकेको भन्दै असन्तुष्टि जनाए । हरेक महिनामा कम्तीमा दुईपटक बस्नुपर्ने केन्द्रीय समिति बैठक, महिनामा कम्तीमा एकपटक बस्नुपर्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक र महासमिति बैठक नियमित बस्न नसकेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘नेपाली कांग्रेसको विधानको धारा २१-१२ अनुसार हरेक दुई महिनामा कम्तीमा एकपटक हुनुपर्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठक गत वर्षको १८ भदौपछि भर्खर हुँदै छ ।’ पार्टी विधानको ३५÷५ अनुसार प्रत्येक महिनाको कम्तीमा एकपटक हुनुपर्ने कार्यसम्पादन समितिको बैठक गत १० चैतदेखि नियमित रूपमा भइरहेको छैन भने ७ देखि १० फागुन २०८० सम्म सम्पन्न पार्टीको गोदावरी महासमितिको बैठकमा पार्टी संगठन र संस्थागत कार्यपद्धति र विकास’bout धेरैवटा लिखित प्रतिबद्धता गरिएको तर आजसम्म आधिकारिक कागजातसमेत प्राप्त नभएको उनले बताए । ‘विधान, संगठन, संस्थागत प्रक्रिया, आदर्श र स्थापित प्रचलनलाई उपेक्षा गरेर आज के देश, पार्टी र लोकतन्त्रमाथि नै बढिरहेको चुनौतीको सामना गर्न सकिन्छ ?’ नेता केसीले प्रश्न गरे ।

त्यस्तै, पार्टीले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । पार्टीको काम गुट उपगुटमा मात्रै केन्द्रित रहने मात्र नभई आमजनता र तिनका भावना, दैनन्दिन समस्या र आवश्यकता व्याप्त, अविश्वास र निराशालाई सम्बोधन गर्न पार्टीलाई जनता र कार्यकर्तासँग जोड्नुपर्नेमा जोड दिए ।

‘पार्टीको काम सत्ता र गुट उपगुटमा मात्र केन्द्रित भएर होइन, आमजनता र तिनका भावना, दैनन्दिनी समस्या, आवश्यकता, व्याप्त अविश्वास र निराशालाई सम्बोधन गर्दै पार्टीलाई जनता र कार्यकर्तासँग जोडेर समाधानको बाटोमा हिँड्ने संकल्प आजको आवश्यकता हो,’ उनले भनेका छन् ।

उनले वर्तमान चुनौतीलाई सामना गर्न विगतमुखीभन्दा भविष्यमुखी हुने संकल्पको जरुरत रहेको बताए । उनले भने, ‘जे भयो भयो, पार्टीको १५औं महाधिवेशन र संसदीय निर्वाचनजस्ता दुई ठूला चुनौतीका पहाड हाम्रा सामुन्नेमै खडा छन्, टालटुले, छलछाम वा यान्त्रिक तरिकाले आफैंभित्र कसैलाई देवत्वकरण गर्ने र असहमत विचारलाई उपेक्षा गर्ने प्रवृत्तिले विनाशको बाटोतिर उन्मुख गराउँछ, वादविवाद र प्रतिवादको प्रक्रियाको नै प्रजातन्त्र हो । विचारका कटुता र तीव्र द्वन्द्वबाट खारिएर आएको सुन्दर सारांश नै प्रजातन्त्रको सौन्दर्य भन्ने कुरा कसैले पनि भुल्नुहुँदैन ।’

उनले ७० केन्द्रीय विभाग, १४ भ्रातृसंस्था र १८ शुभेच्छुक संस्था र ३५ वटा विदेशस्थित सम्पर्क समितिलाई सो–केसमा सजावटका लागि राखिएको वस्तुजस्तो नगरी नीतिगत स्पष्टताका साथ संयुक्त गतिमा परिचालित गर्ने सशक्त रणनीति र उपाय आवश्यक रहेको बताए । उनले भने, ‘विभागहरूबाट भएको अहिलेको चलायमानले केही सकारात्मक सन्देश दिएको छ । तर, कांग्रेसलाई वैचारिक पुनर्जागरण, रूपान्तरण तथा संरचनागत आमूल सुधारका लागि नेतामुखी होइन नीतिमुखी, व्यक्तिमुखी होइन संस्थामुखी र विधिसंगत अभियानमा अगाडि बढाउने कुराको बहसलाई गुटगत वा सत्ताकेन्द्रित दृष्टिकोणबाट गलत ठानिनु आत्मघाती र नोक्सानदायी हुन्छ ।’

उनले नेपाली कांग्रेस र एमालेबीच गठबन्धन सरकार निर्माण भएको १ वर्ष पुगेको वर्तमान परिस्थितिमा यसको निर्मम समीक्षा, मूल्यांकन, उपलब्धि वा हानि–नोक्सानीको विश्लेषण गर्दै नयाँ रणनीति तर्जुमा आवश्यक रहेको औंल्याए ।

त्यस्तै, पार्टीका बिग फोर सूर्यप्रसाद उपाध्यायलाई पार्टीमा भिœयाउने प्रतिबद्धता सभापति देउवाले पटकपटक गर्ने गरेको तर त्यसलाई टुंगोमा नपु-याएको भन्दै असन्तुष्टि जनाए । ‘नेपाली कांग्रेसका स्थापनाकालीन ‘बिग–फोर’मध्येका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय (सूर्यबाबु)लाई पार्टीमा पुनःस्थापित गर्ने’bout सभापतिज्यूले धेरैचोटी सार्वजनिक प्रतिबद्धता पनि जनाउनुभयो र तदनुरूप निर्णय तथा घोषणा त भयो तर यसको उचित कार्यान्वयन नहुनु दुःखद भएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङका काँग्रेस सभापति राईलाई पार्टीबाट निष्कासन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका २९२ उम्मेदवारको धरौटी जफत