तस्करसँगको भिड्न्तमा ६ जना सशस्त्र प्रहरी घाइते

जनकपुर । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा राखेको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बताए । भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङका काँग्रेस सभापति राईलाई पार्टीबाट निष्कासन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
याङवरक–३ मा नेकपा एमालेका उम्मेदवार २ मतको अन्तरले बिजयी