मेयर कप ब्याडमिन्टन सुरु

राजविराज । राजविराज मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । स्थानीय शहिद आनन्द कर्भड हलमा शनिवारदेखि सुरु भएको प्रतियोगिता कार्यवाहक नगरप्रमुख इसरत प्रवीणले उद्घाटन गरेकी छिन ।

प्रतियोगितामा ६४ जना पुरुष खेलाडी सहभागी छन् । सहभागीहरुबीच दुइ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता समितिका निर्देशक सुनिल परियारले जानकारी दिए । दुईदिनसम्म चल्ने प्रतियोगितामा नगरपालिकाको सहयोग तथा सप्तरी यूथ नेपालको आयोजनामा संचालनमा आएको ब्याडमिन्टन संघ सप्तरीका सचिव विष्णु यादवले बताए ।

आयोजक सप्तरी यूथ नेपालका अध्यक्ष मोहन यादवको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि कार्यवाहक नगरप्रमुख प्रवीण, न्यायाधिश दिपक दाहाल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक गौतम कुमार केसी, ब्याडमिन्टन संघका अध्यक्ष दिपक कार्की, क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठ लगायतले शुभकामना दिदै खेलकुदले शारिरिक र मांसिक विकासमा समेत सहयोग पुर्याउने बताए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई ट्रफी, प्रमाण पत्रका साथै नगद पुरस्कार समेत प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको लक्ष्मीनियामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी