मिसेस् नेपाल वल्र्डको नयाँ संस्करण सुरु

काठमाडौं । ‘मिसेस् वल्र्ड’को नेपाल संस्करण ‘मिसेस् नेपाल वल्र्ड २०२५’ को घोषणा गरिएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रा.लि.ले आइतबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ संस्करणको ‘ चौथो मिसेस् नेपाल वल्र्ड २०२५’ को लागि आवेदन खुला गरिएको जानकारी गराइयो ।

गत वर्ष देश विदेशबाट २५० भन्दा बढी फारम प्राप्त भएको जानकारी गराउँदै आयोजक पक्षले यस पटक सो भन्दा बढी फारम प्राप्त हुने विश्वास आफूहरुले लिएको जनाए ।

यो प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी १७ साउनमा काठमाडौँमा हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत अन्तिम प्रतिस्पर्धामा उतारिने आयोजक पक्षले पत्रकार भेटघाटका क्रममा बतायो । मिसेस् नेपाल वल्र्ड २०२५ को चयन आगामी २८ असोजमा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबिच गरिने पनि कार्यक्रममा जानकारी गराइयो ।

महिला सशक्तीकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले विगत चार वर्षबाट यो प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले कार्यक्रममा बताए । यस वर्षको प्रतियोगिता विगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने उजाउँदै अध्यक्ष झाले भने, ‘यस पटकको मिसेस् नेपाल वल्र्ड प्रतियोगिता केवल सौन्दर्य र प्रतिभा प्रस्तुति मात्र नभई, महिलाहरूको नेतृत्व, आत्मविश्वास, र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो अभियानका रूपमा अघि सारिएको छ ।’

झाका अनुसार यस प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको कुनै मापदण्ड राखिएको छैन । न्यूनतम एसइई उत्तीर्ण गरेका विवाहितसँगै सम्बन्ध विच्छेद भएका एकल महिलाहरूले पनि यो प्रतियोगितामा भाग लिने पाउने झाले जानकारी गराए । उनका अनुसार यस पटक मिसेस् नेपाल वल्र्डसँगै मिसेस् नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिने छ । विजेता मिसेस् नेपाल वल्र्डले आगामी वर्ष अमेरिका हुने मिसेस् वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

पत्रकार भेटघाटमा बोल्दै मिसेस् नेपाल वल्र्ड २०२४ डेनिला कार्कीले यो प्रतियोगितामा सहभागी भएर आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । आफू चाँडै नै मिसेस् वल्र्डको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्दै जाने तयारीमा रहेको पनि उनले जानकारी गराईन् ।

पत्रकार भेटघाटका क्रममा अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा)ले विभिन्न पेशामा रहेका महिलाका लागि आफ्नो प्रतिभा स्वदेशदेखि विदेशसम्म प्रस्तुत गर्न यो उपयुक्त प्लेटफर्म भएको बताए ।

अभिनेत्री दीपिका प्रसाईँले विश्वभरका विवाहित महिलाहरूको लागि मिसेस् वल्र्ड प्रतियोगिता निकै महत्वपूर्ण भएको बताइन् । जसमा नेपाली महिलाहरूले सहभागी जनाउनु राम्रो अवसर भएको पनि उनले बताईन् ।

यो प्रतियोगितामा अफिसियल कोरियोग्राफरको रूपमा आश्विनीकान्त झा रहेका छन् । प्रतियोगीलाई पूर्ण रूपमा दक्ष बनाएर आफूले अन्तिम प्रतिस्पर्धामा उतार्ने कोरियोग्राफर अश्विनीले कार्यक्रममा बताए ।

मिसेस् नेपाल वल्र्ड २०२५ को नृत्य कोरियोग्राफर सन्दीप भुजेल, सह कोरियोग्राफ आईना गजुरेल,प्रशिक्षण संयोजक सम्राट शाह र गंगा महर्जन रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङका काँग्रेस सभापति राईलाई पार्टीबाट निष्कासन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा २ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुनमा को अगाडि ?