Thursday, August 5, 2021
Homeअर्थकोरोना बिमामा प्रतिव्यक्ति १ लाख पाइने

कोरोना बिमामा प्रतिव्यक्ति १ लाख पाइने

,
sharethis

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

मुलुकभर कोरोनाका बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । १ हजार रुपैयाँमा बिमा गरेपछि १ लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आकर्षण बढेको हो ।

बिमा समितिका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार मंगलबारसम्म ५७ हजार ९ सयले बिमालेख खरिद गरेका छन् । बुधबारको तथ्यांक ढिला गरी प्राप्त हुने र १९ वटा निर्जीवन बिमा कम्पनीबाट संकलन गर्नुपर्ने भएकाले यकिन तथ्यांक नआएको उनले बताए । बुधबार बिमा खरिद गर्नेको संख्या अधिक रहेको उनले जानकारी दिए ।

२० वटा निर्जीवन बिमा कम्पनीमध्ये १९ वटाले कोरोना बिमा पोलिसी बिक्री गर्न थालेका छन् । नेपालमा पीसीआर पद्धतिबाट परीक्षण थालेसँगै संक्रमण पुष्टि हुनेको संख्या दिनानुदिन बढ्न थालेको छ । नेपाल कोरोनाको अत्यन्तै जोखिमयुक्त क्षेत्र भनेर यसअघि नै विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ ।

नेपालमा अहिले समुदायस्तरमै कोरोना संक्रमण फैलिने क्रममा रहेकाले धेरै जना प्रभावित हुने सम्भावना रहेको छ । लकडाउनको बेला परिवारमा कसैलाई संक्रमणले भेट्यो भने उपचार गर्न पनि समस्या हुने देखिन्छ । सरकारले अस्पतालमा निःशुल्क उपचार गरे पनि अन्य खर्चको व्यवस्थापनका लागि कोरोना बिमा गर्नुपर्ने बिमा विज्ञहरू बताउँछन् ।

कोरोना भाइरस बिमाको आवश्यकतालाई दृष्टिगत गर्दै बिमा समितिले कोरोना भाइरस बिमालेखको सुरुवात गरेको हो । कोरोना बिमा गर्न ई–सेवामा आबद्ध सबै निर्जीवन बिमा कम्पनीले यो सुविधाको सुरुवात गरेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिलाई आर्थिक समस्या नहोस् भनेर यो सेवा सुरु गरिएको हो । यो बिमाअन्तर्गत ग्राहकहरूले व्यक्तिगत बिमा वा पारिवारिक बिमा रोज्न सक्ने व्यवस्था गरिएको छ ।

बिमा गर्न एक जनाको १ हजार वा ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । कोरोना बिमा लेख जारी गरेपछि १ हजार तिर्नेलाई कोभिड–१९ देखियो भने १ लाख रुपैयाँ र ५ सय तिर्नेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको छ ।

कसैले परिवारकै बिमा गर्न चाहे प्रतिव्यक्ति ६ सय वा ३ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । ६ सय तिर्ने परिवारले प्रतिव्यक्ति १ लाख र ३ सय तिर्ने परिवारले प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ । ५ जनाको परिवार छ भने ३ हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ । परिवारका ५ जनालाई नै कोभिड–१९ देखियो भने ५ लाख र १ जनालाई मात्र देखियो भने १ लाख रुपैयाँ बिमाबापत भुक्तानी दिइनेछ ।

ग्राहकहरूले कोरोना भाइरस बिमा भुक्तानी गरेको १२ महिना वा कोरोना भाइरस पोजिटिभ पुष्टि हुन्जेलसम्म यो बिमा योजनाको फाइदा लिन सक्ने व्यवस्था गरिएको छ । बिमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतीक्षा अवधि रहनेछ र १५ दिनभित्र कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बिमा लागू हुनेछैन । १५ दिनको प्रतीक्षा अवधि सकिएपछि भने कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि हुनेबित्तिकै बिमा रकमका लागि दाबी गर्न सकिनेछ ।

बिमा गर्न ई–सेवा एपको इन्स्योरेन्स सेक्सनमा गई आफूले रुचाएको बिमा कम्पनीको पोलिसीका लागि भुक्तानी गर्न सक्ने व्यवस्था छ ।

यसैगरी, कुनै पनि बैंकबाट ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ । नेपालमा रहेका १९ वटा निर्जीवन बिमाबाट यो बिमा खरिद गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, बिमा दाबी पनि सोही कम्पनीमा गर्ने व्यवस्था गरिएको छ । बिमा रकम दाबी गर्न भने पोलिमर चेन रियाक्सन (पीसीआर)बाट नै कोभिड पुष्टि हुनुपर्छ ।

(Visited 280 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

बाजुराको प्याज गनाउँने गाउँ

बाजुरा । भारतको हरियानाबाट आयात गरिएको प्याज ६० रुपैयाँ प्रति केजीका दरले किनेर काठमाडौंवासीले उपभोग गरिरहेका छन् । बिना प्याज काठमाडौंवासीको तरकारी बन्दैन ।...

बेलुका बजार हिँडेका राम बिहान कुलोमा मृत भेटिए

  सप्तरी, राजविराज । अघिल्लो दिन साँझदेखी हराइरहेका एक युवा बुधबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको खडक नगरपालिका ३ गरुराहा टोल बस्ने ३० वर्षिय...

बीमा बापतको रकम हस्तान्तरण

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया...

कालो ढुसीको औषधि पाउनै मुस्किल

काठमाडौं । कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरर्माइकोसिस)का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’...

सशस्त्रका डीआईजी श्रेष्ठको अवकाशपछिको उतारचढाव : अब लगातार दुई ब्याचका चार आईजीपी

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्काे...

ट्रेन्डिङ

खुकुरी प्रहारबाट पाहुना गएका मगरसहित २ जना घाइते

उदयपुर । उदयपुरको रौतामाईमा पाहुना गएका मगरसहित दुई जना खुकुरी प्रहारबाट घाइते भएका छन् । रौतामाई गाउँपालिका–७ पाखा टोलमा पाहुना गएका जुद्ध काजी खपाङ्गी...

चालू बजेटको महत्वाकांक्षा र कार्यान्वयनको आशंका

चालू आर्थिक वर्ष २०७७-७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको संघीय सरकारको बजेट जारी भएको छ । यो बजेट २०७७ साउन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)