जानकी मन्दिरलाई ट्रष्टमा रुपान्तरण गर्नुपर्ने माग

जनकपुरधाम । जानकी मन्दिर लगायत अन्य विभिन्न गुठी संस्थानहरुलाई तत्काल ट्रस्टमा रुपान्तरण गर्दै कुशल एवं असल सामुहिक नेतृत्व चयन गरी राज्यले नियमित नियमन गर्नुपर्ने माग उठेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियूका केन्द्रीय सदस्य चन्द्रभुषण साहले गौरवको रुपमा रहेको जानकी मन्दिर भित्रका गैरजिम्मेवारीपूर्ण आचरण, व्यवहार, चरम बेथिति तथा ब्रह्मलुटलाई तत्काल निरुत्साहित गर्न ट्रस्टमा रुपान्तरण गर्नुपर्ने माग गरेका हुन् ।

मन्दिरको स्वामित्व रहेको जग्गा अपचलन र आर्थिक घोटालामा संगलग्न जोसुकैलाई पनि यथाशीघ्र कानूनी कार्वाहीको दायरामा ल्याउन सरकारसंग उनले माग गरेका छन् ।

यस्तै अनमोल सम्पदाको रुपमा रहेको जानकी मन्दिरको अस्तित्व र गरिमाको रक्षा, सम्बर्धन तथा विश्वस्तरमा प्रवर्द्धन गर्नको मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न उनले सरकारसंग माग गरेका छन् ।

नौलखा र जानकी मन्दिर अहिले महन्थ तपेश्वर दास (मामा) र सहायक महन्थ रामरोशन दास (भान्जा) बीचको संगीन आरोप–प्रत्यारोपको कारण विशेष चर्चामा रहेको कुरा जगजाहेर नै रहेका बेला साहले यस्तो माग उठाएका हुन् ।

मन्दिरको संरक्षण एवं सञ्चालनका लागी स्थापनाकैं समयमा अहिलेको प्रदेश नं. २ अन्तर्गतका विभिन्न जिल्लाहरुमा २३ वटा गुठी खडा गरी ६ हजार बिघाहा जग्गा उपलब्ध रहेकोमा पछिल्लो समय मठाधीश (महन्थ, भूमाफिया, नापी, मालपोत, अपराधीक गिरोह तथा केहि राजनैतिक दलका नेताहरुको समेत मिलीमतोमा लगभग ५ हजार बिघाहा जग्गा अनाधिकृत रुपमा निजी व्यक्ति तथा व्यवसायिक घरनाको भोगचलन र नाममा गईसकेको छन् ।

विगतमा यस विषयलाई एउटा पत्रकारले उठाउदा उनीमाथी ज्यानलेवामा सांघातिक हमला समेत भैसकेको छ । सबैभन्दा दुखद दुर्भाग्य र विडम्बनापूर्ण कुरा के छ भने, महन्थ पदको गरिमा र प्रतिष्ठामा नै खलल पुग्ने गरी व्यक्तिगत सम्पत्ति र शक्तिको लालसामा मन्दिरको महन्थहरु रामायणको आदर्श पात्र सीतारामको भक्त भएर पनि पछिल्लो समय रावण झैं आर्थिक अपचलन (भ्रष्टाचार) र जानकी भूमिहरणमा लागी परेको कुरा अहिले चौतर्फी चर्चा–परिचर्चाको विषय बन्न उनले बताए ।

विश्वभर सनातन हिन्दू संस्कृतिको अनमोल धरोहरको रुपमा प्रसिद्धि पाएको जानकी मन्दिरले आफ्नो गौरवमय विरासतको संरक्षण एवं प्रवर्द्धन गर्नुको सट्टा पश्चिमा शैली अनुसरण गर्दै केक काटेर सीता नवमी मनाउनु आफैंमा आफ्नो मौलिक मैथिली एवं मधेशी संस्कृतिमाथिको सिधा नाङ्गो प्रहार भएको उनले बताए ।

जनताको लामो त्याग, बलिदान र संघर्षबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र आईसक्दा समेत महन्थहरु अझपनि पुरानै राजतन्त्रात्मक शैलीको अशोभनीय आचरण एवं व्यवहार प्रदर्शित गर्नू खेदजनक विषय उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप