Thursday, April 22, 2021
Home भर्खरै सजिलाे छैन उपत्यका छिर्न, नाकामा अनुगमन गर्दै नगरपालिका

सजिलाे छैन उपत्यका छिर्न, नाकामा अनुगमन गर्दै नगरपालिका

,

काठमाडौँ । बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी ग-यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको हो । ती व्यक्तिको आज नै कोभिड–१९ को परीक्षणका लागि पठाइने नगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिका वडा नं ९ मा एउटा परिवार पाँच दिन पहिले गुल्मीबाट आएका थिए । बैंकमा कार्यरत ती व्यक्ति काठमाडौँ आउँदा उनको परिवार पनि साथमै आएका थिए । टोलवासीले वडामा खबर गरेपछि अहिले वडा कार्यालयले त्यो परिवारलाई दुई साता घरभित्रै बस्न भनिएको वडाध्यक्ष राजु महर्जनले जानकारी दिए । “उनीहरुलाई अत्यावश्यक सामग्री टोलकै मान्छेले पु-याउने भनिएको छ ।” उनले भने ।

‘लकडाउन’ को शुरुको समयमा उपत्यका बाहिरका व्यक्ति कतिपय सजिलै त कतिपय कष्टकररुपमा घर फर्किएका थिए । त्यतिबेला जिल्ला फर्किएकाहरु सरकारले गत साता लकडाउन खुकुलो गर्ने निर्णयसँगै विभिन्न साधनबाट उपत्यका आएका छन् । उपत्यकामा मङ्गलबार र बुधबार गरी चारजनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अहिले उपत्यकाका नगरपालिकाले सावधानी अपनाएका छन् । सङ्क्रमण पुष्टि भएका चारैजना सङ्क्रमित जिल्लाबाट आएका थिए । लकडाउन थप कडाइ गरिएको छ । एउटा जिल्लाबाट अर्काे जिल्लामात्रै होइन एउटै जिल्लामा पनि एउटा स्थानबाट अर्काे स्थानमा जान दिइएको पास गृह मन्त्रालयले रद्ध गरिसकेको छ ।

अहिले उपत्यकाका कतिपय नगरपालिकाले उपत्यका बाहिर गएकालाई फर्कन पूर्णरुपले रोक लगाएका छन् भने कतिपयले कोभिड नभएको पुष्टि भएपछि प्रवेश गर्न दिएका छन् । कतिपय स्थानमा घरबेटीले आउन नदिएपछि व्यक्ति जिल्ला नै फर्किएको पाइन्छ । कतिपय नगरपालिकाले स्वयंसेवक परिचालन गरेर सङ्क्रमित जिल्लाबाट आएर लुकेर बसेकालाई खोजी शुरु गरेको छ । स्थानीयवासीले ठाउँ ठाउँमा बाँस तेस्र्याएर प्रवेशमा रोक लगाइरहेका छन् ।

स्थानीयवासीले ती घरमा सङ्क्रमित जिल्लाबाट आएका व्यक्तिका कारण आफू असुरक्षित भएको भनेपछि तालाबन्दी गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। नगरपालिकाले १० दिन पहिले बोर्ड बैठकबाट उपत्यका बाहिरका सङ्क्रमित जिल्लामा गएका व्यक्तिलाई ‘जो जहाँ छ त्यहीँ बस्न’ भन्ने निर्णय गरेको थियो । कुनै पनि कारण देखाएर आउनेलाई पनि वडाध्यक्ष वा वडा कार्यालयसँग समन्वय गरेरमात्रै प्रवेश गर्न भनिएको उनले बताए । गत साता विभिन्न बहानामा व्यक्तिहरु सङ्क्रमित जिल्लाबाट प्रवेश गरेका थिए । उहाँले भने “कतिपय एम्बुलेन्सबाट त कति सरकारी गाडीको दुरुप्रयोग गरेर आइरहेकाले हामीले प्रहरीको सहयोगमा जाँच बढाएका छौँ ।”

अहिले उपत्यकाका कतिपय नगरपालिकाले उपत्यका बाहिर गएकालाई फर्कन पूर्णरुपले रोक लगाएका छन् भने कतिपयले कोभिड नभएको पुष्टि भएपछि प्रवेश गर्न दिएका छन्

चन्द्रागिरि नगरपालिमा सङ्क्रमित जिल्लाबाट आएकालाई कोभिड–१९ पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाले यसलाई रोक्न शुक्रबारदेखि स्वयंसेवक परिचालन गरेको छ । यी स्वमंसेवकले विभिन्न स्थानमा पुगेर उपत्यका बाहिरबाट आएका व्यक्तिको पहिचान गर्ने र आउन चाहेकालाई रोक्ने काम गर्ने नगर प्रमुख रमेश महर्जनले जानकारी दिए । नगरपालिकाले सङ्क्रमित जिल्लाबाट आउने व्यक्ति आफ्नो टोलमा भए खबर गर्न भन्दै माइकिङ गरिरहेको छ ।

नगरपालिका प्रवेशका लागि धेरै नाका भएकाले रोक्न सम्भव नभए पनि धेरै व्यक्ति आउन सक्ने सम्भावित स्थानमा जाँच बढाइएको उहाँले बताउनुभयो । नगरपालिकाले सम्बन्धित घरधनीलाई आफ्नो घरमा बहालमा बस्ने व्यक्ति सङ्क्रमित जिल्लाबाट आएको हो भन्ने जानकारी गराउन भनिरहेको छ । उनले भने “घरधनी माथिल्लो तलामा बस्ने हुँदा तल को आयो र को गयो भन्ने थाहा नहुने रहेछ ।”

बिहीबार गृह मन्त्रालयमा उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधिसँग कोभिड–१९ को रोकथामका विषयमा छलफल भएको थियो । सहभागी सबैले अहिलेको समयमा जो जहाँ छ त्यही बस्नुपर्ने र उपत्यका छिर्ने नाकामा प्रशासनले कडाइ गर्नुपर्ने बताएका थिए ।

अहिले धेरै स्थानबाट हाम्रो टोलमा उपत्यका बाहिरका जिल्लाका मान्छे छिरे भन्दै फोन आउने गरेको ललितपुर महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं ९ का अध्यक्ष राजु महर्जनले बताए । गत साता धेरै व्यक्ति उपत्यका बाहिरबाट आएको उनकाे भनाइ थियाे । तीमध्ये कतिपयलाई फर्काइएको छ भने कतिपय विभिन्न बहाना गरेर यहीँ बसेका छन् । एउटा परिवारमात्रै एउटा फ्लाटमा बस्ने हुँदा समस्या नभए पनि धेरै परिवार हुँदा समस्या पर्ने उनले बताए । गत सातादेखि नै घरधनीले उपत्यका बाहिर गएका व्यक्तिलाई तत्काल नआउन भनी सम्पर्क गरेको थियो । उनले भने “तर उनीहरु बहाना बनाएर आउन रोकिएन ।”

भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि लकडाउनपछि उपत्यका बाहिर गएका नगरवासीलाई कोभिड–१९ को परीक्षण गरेर रिपोर्ट नेगेटिभ हुँदामात्रै आउन भनेको छ । कोही व्यक्ति नगर प्रवेश गरिहालेमा उसलाई दधिकोटस्थित नगर अस्पताल, मध्यपुर अस्पताल वा भक्तपुर अस्पतालमा परीक्षण गर्न पठाइएको नगर प्रमुख वासुदेव थापाले बताए । उनले भने “भक्तपुर जिल्लामा नै दुईजनामा कोरोना देखिए पनि हामी थप सजग भएका छौँ ।” रासस

(Visited 169 times, 2 visits today)
Loading comments...

आजको समाचार

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

साताका लोकप्रिय समाचार

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

लुम्बिनीमा जसपाका तीन सांसदलाई मन्त्री

बुटवल । लुम्बिनी प्रदेश सरकारले सोमबार मन्त्रीपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका...

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

 लाहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना...

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

ट्रेन्डिङ

एकीकृत बस्ती निर्माण ढिलाई हुँदा जोखिम मोलेर घर फर्के पहिरो पीडित

बागलुङ । दुई वर्ष अघि (१२ असार २०७५) परेको अविरल वर्षले काठेखोला गाउँपालिका–६ बिहुँ तल्लो काउलेका १४ परिवारलाई विस्थापित गर्यो । जमिन भासिएपछि १४...

गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित, कूल संक्रमित ८३८ पुगे

कास्की । गण्डकी प्रदेशमा आज ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति...

एक हजार रुपैँयाकै लागि युवकको अपहरणपछि हत्या, दुई पक्राउ

सिरहा । सिरहामा अपहरणपछि एक किशोरको हत्या भएको छ । लहान नगरपालिका १ बस्ने १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको हो । लकडाउनकै अवधिमा...

पश्चिमी वायुको प्रभावले देशभर वर्षा, भोलिबाट मौसम सुधार हुँदै जाने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त...

सुटिङको तयारीमा सलमान, अक्षय र अजय

मुम्बई । लकडाउन खुकुलो हुनासाथ बलिउडमा चलहपहल सुरु भएको छ । यसै क्रममा अभिनेता सलमान खानले अब फिल्मको छायांकनमा फर्कनुपर्छ भन्दै आफ्नो टिमलाई छायांनको...

पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले...

१८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन्...

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको...

रक्सीबाट ‘सेनिटाइजर’ बनाउने तालिम

ललितपुर । ललितपुरमा आइतबारबाट ६ दिने ‘सेनिटाइजर’ बनाउने तालिम सुरु गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाद्वारा...

शीर्ष चारमा सेभिल्ला बलियो

मड्रिड । स्पेनिस ला लिगामा सेभियाले शीर्ष चारमा बलियो पकड बनाएको छ । घरेलु मैदानमा एइवरमाथि १–० को झिनो जित निकाल्दै शीर्ष चारमा बलियो...

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन: निर्वाचनको तयारीमा बसौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता...

सिद्धार्थ बैंकको मुसीकोट शाखाको औपचारिक उद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले शुक्रबार रुकुमको मुसीकोट शाखाको उद्घाटन गरेको छ ।  बैंकको मुसीकोट शाखाको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरेका थिए । बैंकले उक्त शाखा २०७५ असार ३१ गतेदेखि नै सञ्चालन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)