साझा पार्टीले भन्यो, नेपाल–भारत सिमाना तारबार सहित बन्द गर

काठमाडौं । साझा पार्टीले नेपाल–भारत सिमाना तारबारसहित बन्द गर्न सरकारलाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले सीमा क्षेत्रका स्थानीय वासिन्दालाई समस्या नपर्ने गरी नेपाल–भारत सीमाका निश्चित नाकामा अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र बाँकी ठाउँ तारबारसहित बन्द गर्न माग गरेको हो ।

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा हुने उल्लेख गरेका छन् ।

‘देशबाहिर स्वदेशी नागरिक र देशभित्र विदेशी नागरिक कुन प्रयोजनका लागि कति संख्यामा छन् भन्ने अभिलेख सार्वभौम मुलुकका लागि महत्वपूर्ण हुनेछ ।’ विज्ञप्तीमा भनिएको छ ‘खुला सिमानाले चोरी, डकैती, तस्करीलगायत राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षमा अनगिन्ती जटिलता निम्त्याएकाले पनि सीमा नियमन गर्नुपर्ने देखिन्छ ।’

साझा पार्टीले भारतसँगको सीमा समस्या गम्भीर देखिँदै गएको भन्दै यो विषयमा भारत सरकारसँग कुटनीतिक र राजनीतिक तहमा वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । ‘साथै द्विपक्षीय वार्तामा ढिलाई हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फीरूपमै तारबार लगाउन पहल गर्न समेत हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानको भविष्य अब स्वतन्त्रको हातमा