थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौँ । आज थप नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नयाँ नौ जनामा सङ्क्रमण देखिएको बताए ।

नयाँ सङ्क्रमितमा पर्साका चार जना, उदयपुरका एक जना, दाङका तीन जना र काठमाडौँका एक जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये तीन जना बालक, दुई महिला र चार पुरुष रहेका छन् ।

उनका अनुसार नयाँ देखिएका सङ्क्रमिमध्ये काठमाडौँ सतुगङ्लका सात वर्षीय बालकसमेत रहेका छन् । यसैगरी पर्सा वीरगञ्ज महानगरपालिकाका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला रहेका छन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा गाउँपालिका वडा नंं. ४ र ५ का २३ र ३६ वर्षीय पुरुष तथा तुलसीपुर उपमहानगरपालिकाका ३४ वर्षीय पुरुष रहेका छन् ।

योसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?