Saturday, September 25, 2021
Your Ads Here
Homeबिचारझोक्राएका समाचार

झोक्राएका समाचार

,
sharethis

शक्ति, साधन र पहुँचको नजिक हुने चाहनाले संकटमा परेका जनतासँग नजिक हुने आवश्यकतालाई पत्रकारिताले जोड्छ । कोभिड–१९ को महामारीले थिल्थिल्याउँदाको अवस्थामा जनतासमीप सञ्चारमाध्यम पुग्नैपर्छ । यो कार्यबाट विचलित र दिशाहीन हुनुहुँदैन । विश्वमा रहेका विविध सोचाइका कडीलाई जोड्न र मोडन सक्ने शक्तिशाली सामथ्र्य मिडियासँग हुन्छ । त्यसैले, मिडियालाई राज्यको चौथो अंग मानिन्छ । यो उपमा, यो सम्मान, गरिमा र दायित्व चानचुने होइन । राष्ट्रको ‘वाच डग’, पारदर्शिताको प्रतीक, नागरिकको सूचना संवाहकका रूपमा मिडियाको भूमिका झन् बढ्दै गएको छ ।

जीवनका अनेकन उतारचढावसँगै काठमाडौंस्थित सामाजिक संस्था बालसंरक्षण केन्द्रको विराटनगर शाखामा जिम्मेवारी सम्हालेपछि टुहुरा, लावारिस बालबालिकाको सम्बन्धमा सूचना दिने र लिने काममा जोडिएँ । त्यति बेलाको चर्चित एक राष्ट्रिय दैनिकमा मलाई जोडेर ‘फलानीले भनिन्’ भन्ने समाचार प्रकाशित भएपछि भाषा सम्बोधनका बारेमा मलाई केही अप्ठेरो महसुस भयो । समाचारमा ‘भनिन्’को सट्टा ‘भन्नुभयो’ भनेर लेख्न सकिने÷नसकिनेबारे जिज्ञासा राखें । उच्च ओहदाका व्यक्ति र जनसाधरणलाई ‘तिमी’को भाषा सम्बोधन गरिरहेको भनी पत्रकारबाट जवाफ पाएँ ।

आपतकालमा मिडिया सहरका साथै गाउँ केन्द्रित हुनुपर्छ

संवाददाताको माथिको जवाफ मैले पत्रकारिता तालिमका बेला पनि उठाएँ । पत्रकारिता तालिमको यो अवसर नेपाल प्रेस इन्स्टिच्युट, रिजनल मिडिया रिसोर्स सेन्टर, विराटनगरले सन् २००० को नोभेम्बरदेखि फेब्रुअरीसम्म आयोजना गरेको ‘बेसिक जर्नालिज्म प्रोफिसेन्सी ट्रेनिङ कोर्स’मा पाएँ । तालिममा टंक खनाल, तोया गौतम, यज्ञ शर्मा, मोहन भण्डारीलगायतको प्रशिक्षणसम्बद्ध आआफ्नो भूमिका प्रभावकारी थियो । पहिलेदेखि नै कार्याभ्यास गरिहेका रिपोर्टर पनि सहभागी थिए । तालिमले नेपाली भाषामा ओहदाअनुसारको भाषा तथा शब्द प्रयोग गर्न पनि सकिने सिकाएको थियो । पत्रकारिताबारे प्रशिक्षकले जुन मान्यताबाट प्रशिक्षित गर्नुभयो सोअनुसार अक्षरशः पालना गरी तालिम लिइयो । विश्वमा अहिले पनि विभिन्न मान्यता प्रयोगमा रहेछन् । २० देखि २५ प्रतिशत पत्रकारिताले मान्यतामा अलिकति तामझाम नजोड्ने हो भने राजपत्र जस्तो हुने पनि बताएका छन् । तथापि, विश्वसनीयता र उच्च गुणस्तरीयतायुक्त सूचना प्रवाहका लागि मेडियाले अरू बढी मिहिनेत गर्नैपर्छ ।

जब सत्ताको सामुन्ने जनताको आवाज पुग्दैन, त्यतिबेला निजीस्तरका मिडिया लोकतन्त्रका आवाज बन्दछन् । डेनमार्कलेले मिडिया बचाउन राहत प्याकेज घोषणा गरिसकेको थियो । बेलायतमा क्षेत्रीय र स्थानीय स्तरका पत्रिका बन्द हुने सम्भावना छ । त्यहाँका केही प्रकाशकले मिडियामा सरकारी लगानीको चाहना गरेका छन् । अस्ट्रेलियामा ६० भन्दा बढी पत्रिका स्थगित भइसकेका छन् । भारतमा ५० प्रतिशत पत्रिकाको मोटाइमा कमी आएको छ । पत्रपत्रिकाबाट कोरोना संक्रमर्ण हुने न्युन सम्भावना रहेको भनेर मिडियासम्बन्धी अन्तर्राष्ट्रिय संस्थाले भनिरहेको छ । बन्दाबन्दीले आपूर्तिमा बाधा उत्पन्न भएको छ । मिडिया साँगुरो भएको छ । नेपालका साप्ताहिक पत्रिकाले प्रिन्ट बन्द गरी डिजिटल सेवामा जोड गरिरहेका छन् । नेपालका केही मिडिया हाउसले कोरोना संकटको नाममा पत्रकार र कर्मचारीको तलब रोक्का र रोजगारी गुम्ने जानकारी दिइसकेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सहकारीमूलक संघीयता

यो बेला सोसल मिडिया (खासगरी फेसबुक र ट्वीटर) बढी प्रचारमा आएका छन् । अमेरिकाले यिनमा नियन्त्रण हेतु केही ध्यान दिएको देखिन्छ । प्रिन्ट मिडियाको डिजिटल अनलाइनबाहेक अन्य अनलाइन पत्रिकाले केही अफवाह फैलाएको जनगुनासो रहेको पाइन्छ । युरोपियन देश मिडियाको अफवाह र कोरोनाको संक्रमणको दोहोरो सिकार भएको टिप्पणी हुन थालेको छ । आपतकालमा मिडिया सहरका साथै गाउँ केन्द्रित हुनुपर्छ । कोरोना संकटलाई आधार बनाएर हंगेरीलगायत पूर्वी युरोपमा सूचनाको स्वतन्त्र सञ्चार हुन नसेकोमा अन्तर्राष्ट्रिय स्तरका प्रेस फ्रिडम संगठनलगायतले सरकारलाई पत्र लेख्ने काम पनि गरिरहेका छन् ।

सीमित प्रकाशन, विज्ञापनमा कमी, कोरोना कहर आदिले विश्वमै पत्रकारिता पेसा चुनौतीमय बनेको छ । पत्रकारलाई रोजगार छाड्न दबाब, तलब कटौती आदि समस्या देखिएका छन् । पेरु मेक्सिकोमा पत्रकारले मास्कको अभावको सामना गर्नुपरेको खबर छ । रोजगारदाता नै संकटमा परेका बेला पत्रकारिताको अस्तित्व संरक्षण जरुरी भएको छ । सधैं पत्रकारिताप्रतिको सम्मान उच्च नै रह्यो । पत्रकारिता पेसामा लागेका सबैको राम्रो होस् भन्ने कामना गरिरहेको सन्दर्भमा कोरोना संकटले विश्वमा पत्रकारिता संकटमा परेको पढेसुनेपछि नेपालमा राहतका लागि सरकारले केही गर्नुपर्छ भन्ने महसुस गरी तयार गरिएको विचारको खेस्रा मस्यौदालाई बन्दाबन्दीमा महिलालाई थपिएको घरेलु व्यवहारले अन्तिम रूप दिन समय व्यवस्थापनले अल्झाइरहेको थियो ।

नेपाल पत्रकार महासंघले राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । महासंघले भनेका कुरा पूरा हुनुपर्छ । सरोकारवालासँग भिडियो कन्फरेन्समार्फत कुरा जारी राख्न सकिन्छ । अहिले प्रिन्ट मिडिया कठिन परिस्थितिबाट गुज्रिरहेका छन् । टिभी, अनलाइन टिभी, सामाजिक सञ्जाल बढी सक्रिय छन् । प्रचारमा आफ्ना र मन परेकालाई देवत्वकरण गर्ने र विराना तथा मन नपरेकालाई खोइरो गरिएको छ । लोकतान्त्रिक सरकारले पनि यथार्थ कुरा मिडियामा ल्याउने र प्रेसले पनि सन्तुलित रूपमा प्रचार कार्य अघि बढाउनुपर्ने कुरालाई मिडिया अनुशासन र आचारसंहिताका रूपमा लिनुपर्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सहकारीमूलक संघीयता

‘कठिन अवस्थाबाट अहिले पत्रकार गुज्रिरहेका छन्’ भन्ने ब्रसेल्सस्थित कमिटी टु प्रोटेक्ट जर्नलजिस्ट (सीपीज)का प्रमुख अधिवक्ता एडभोकेट टम गिब्सनको भनाइप्रति सबैको ध्यानाकर्षण भएको हुनुपर्छ । आपतकाल र संकटको अहिलेको जोखिम अवस्थामा पनि अहोरात्र खटेर सरकारलाई सूचना पु-याई सहयोग गरिरहनुभएका पत्रकारहरूको माग अवश्य पूरा हुनेछ ।
(लेखिका पूर्वपत्रकार तथा समाजसेवी हुन् ।)

तपाइको प्रतिक्रिया

(Visited 410 times, 1 visits today)

आजको समाचार

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य...

साताका लोकप्रिय समाचार

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

संविधान दिवस : ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

  ताप्लेजुङ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

ट्रेन्डिङ

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुकाम तम्घासका...

झैझगडा होइन देश बनाउने अभियानमा लाग

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएपछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर अहिले नेकपा एमाले र नेकपा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)