Thursday, May 6, 2021
Home बिचार प्रमाद, प्रहसन र तमासा

प्रमाद, प्रहसन र तमासा

,

दार्शनिक फ्रेडरिक नित्सेले भनेका छन्, ‘जबजब म माथिमाथि चढ्दै जान्छु, तबतब अहंकार नामको कुकुर मेरो पछि लाग्दछ ।’ नेपाल अहिले इतिहासको यस्तो घडीमा उभिएको छ, जहाँ प्रमाद, अहंकार, सत्तालिप्सा, घुर्की, कलाहीन प्रहसन र विक्षादको संयोजन देख्न सकिन्छ । सरकारमा हुनेहरू अज्ञात लोकबाट आफूले जे भन्यो, त्यही फलको वर्षा गर्ने कल्पवृक्ष ल्याउने सुन्दर सपना बाँड्नमा मग्न छन् । उता प्रतिपक्ष मात्र होइन, सरकारबाहिर रहेका (सत्तारूढ दलकै) उच्च पदस्थसमेत सरकार क्रमशः असफल र निरीह हुँदै गएको आँकलन गर्दै छन् । कसैलाई म नै यो देशको ‘तारणहार’ हुँ भन्ने दम्भ छ । सायद उनी सोच्दछन्, ‘म छु र पो यो देश छ ।’ कसैलाई लाग्दछ, ‘यो देशको बरबादीको कारण ‘म’ प्रधानमन्त्री हुन नपाउनु हो ।’

सत्तामा पलाएको उन्मत्तता, आत्मश्लाघा र असम्भव प्रतीत हुने अतिरञ्जनापूर्ण लफ्फाजी सुन्दासुन्दा थकित जनता आज आएर कोभिडरूपी दुःसाध्य महामारीको चपेटामा छन् । नेपाली जनता देशभित्र प्रदर्शन भइरहने सत्तालिप्साको नाटक हेर्न र त्यसको दुष्परिणाम भोग्न अभ्यस्त नै थिए । जनता यो सत्ता र शक्तिको चाकाचुलीलाई एक वीभत्स खेलका रूपमा स्वीकार गरी आफ्नो कर्ममा तल्लीन थिए । किन्तु, नेपाली जनताले कोरोनाको दुष्कर विषाणु मात्र होइन, छिमेकी ‘मित्र’ देशले पिलाएको अपमानको विषसमेत यसै समयमा उपहारका रूपमा पाएका छन् ।

अलि अघिसम्म लोकतान्त्रिक गणतन्त्र नेपालका नेताहरूमा आंशिक सत्यधारणा थियो । उनीहरू सोच्दथे, ‘सामन्ती, केन्द्रीकृत र निरंकुश सत्ताका कारण यो देशले समृद्धि हासिल गर्न सकेन ।’ किन्तु सायद उनीहरूमा अर्को अत्यन्तै भ्रान्त धारणा पनि थियो । उनीहरू सोच्दथे र सायद अहिले पनि सोच्दछन्, ‘लोकतान्त्रिक गणतन्त्र आएपछि साराका सारा जनता उनीहरूको इसारामा नाच्नेछन् ।’ छिमेकी र अन्य मुलुक उनीहरूसामु नतमस्तक हुनेछन् र सहजै समृद्धि पनि प्राप्त हुनेछ । उनीहरूले सोचे कि उनीहरू अभूतपूर्व रूपमा योग्य छन् । जेलमा बिताएका वर्षहरू, पढेका शास्त्रीय सिद्धान्तका ठेलीहरू र गाउने गाना एवं बजाउने मुरलीहरू नै समृद्धिका द्योतक हुन् । तर, वास्तविकता कठोर र निष्ठुर हुन्छ । वास्तविकताले जेलमा बसेका वर्षहरूको गणना गर्दैन । वास्तविकताले सपना बुझ्दैन । वास्तविकताले त कर्मलाई मात्र बुझ्दछ । वास्तविकताले त इमान, जमान, सदाचार, शालीनता र सुशासन मात्र बुझ्दछ ।

वास्तविकताले सपना बुझ्दैन; मात्र कर्म, इमान, जमान, सदाचार, शालीनता र सुशासन बुझ्छ

यी नेतावृन्द बारबार उही कुराको सपना बाँड्दछन् । उनीहरू बारबार आफूले बर्सााएका ‘फूलझडी’हरूबाट जनता जनार्दनलाई पुलकित पार्ने प्रयास गर्दछन् । उनीहरू आफ्ना ती पूर्वकथन बिर्सेर हो या जनताले बिर्से भन्ने ठानेर हो, पुनःपुनः त्यही कुरा कहिरहन्छन् । भनिन्छ, बिर्सने बानीको एउटा ठूलो फाइदा छ । बिर्सने बानीले गर्दा एउटै कुराबाट बारम्बार ‘पहिलो आनन्द’ प्राप्त गर्न पाइन्छ । यस्ता कुरालाई लिएर विरोध र आलोचना हुनु स्वाभाविक हो । सत्तालाई सत्य कुरा देखाइदिनु र सावधान गराउनु सचेत नागरिकको कर्तव्य पनि हो । किन्तु, सत्तालाई सत्य कुरा हजम हुँदैन । सत्तालाई सत्य कुरा सुन्नमा रुचि हुँदैन । सत्तालाई सत्य कुरा सुनियो र मनन गर्नतर्फ लागियो भने आफ्नो भ्रम टुट्ने डर हुन्छ । यो करिबकरिब सत्ताको सार्वभौम नियम हो । राज्यलक्ष्मीको भोग गर्नुलाई मात्र लोकतन्त्रको उपलब्धि मान्ने नेपाली ‘राजनीतिक प्राणी’को त झन् के कुरा गर्नु ?

हामीकहाँ नाटकको पर्दाभित्र मात्र नभई पर्दाबाहिरको संसार पनि अनौठो छ । सत्ता र शक्तिको विरोध र आलोचना गर्ने नाममा राजनीतिक नेताका वैयक्तिक, पारिवारिक र स्वास्थ्यसम्बन्धी संवेदनशील विषयमा समेत अप्रिय र अपाच्य छेड हान्ने चलन पनि झाँगिदै गएको छ आज । राम्रा कुरालाई राम्रो भन्न नसक्ने, हरेक मामिलामा खोट र खराबी मात्र देख्ने दृष्टिदोषले गर्दा के सत्य, के असत्य सबै बराबर भएको छ । समाजमा अनाहकको भ्रान्ति फैलाएर सस्तो लोकप्रियता कमाउने होड पनि खुब चलेको छ । सत्तासीनहरूको दोहोलो काड्ने नाममा केही सत्ताहीनहरू बडो जोडतोडले ‘भाइरल’ भइरहेका छन् ।

मिथ्या कुरालाई तामझामसाथ सत्य हो भनी प्रचार गर्ने र सत्य कुरालाई समेत मिथ्या हो भनी भ्रम सिर्जना गर्ने दुवै दोषी हुन् । किन्तु, लोकतन्त्रमा सहनशील र शालीन हुनु सरकारको परम् कर्तव्य हो ।

राज्यका तीन शक्ति (शक्तित्रय) हुन्छन् । ती हुन्, प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति । लोकतन्त्रको अर्को अनिवार्य शक्ति हो लोकशक्ति । हाम्रो सरकारसँग उत्साहशक्ति प्रचुर देखिन्छ । मतादेशबाट बनेको हुँदा यो सरकारसँग लोकशक्ति पनि छ । तथापि, मन्त्रशक्तिमा यो सरकार सफल हुन सकेन । प्रभुशक्तिका दुई आयाम छन्, आन्तरिक प्रभुशक्ति र बाह्य प्रभुशक्ति । वर्तमान सरकार आफ्नो कार्यकालको आरम्भमा प्रभुशक्तिको मामिलामा पनि केही सफल देखिएको हो । किन्तु, यसले दिनानुदिन आन्तरिक प्रभुशक्ति गुमाइरहेको छ । बाह्य प्रभुशक्तिको मामिलामा त यो सरकार फगत तमासा बन्ने अवस्था देखिँदै छ ।

सरकारलाई प्रमादमा रमाउने र असम्भव योजनाको प्रदर्शन गरी प्रहसन गर्ने दुवै सुविधा किमार्थ छैन

यति हुँदाहुँदै पनि सरकारको नियत नै खराब भयो भनेर किटानीसाथ भन्न सकिने अवस्था अझै आइसकेको छैन । तर, सरकारले गलत यात्रापथ रोजिरहेको त छैन ? भन्ने प्रश्न भने खडा भएको छ । मुलुक संकटको घडीमा छ । किन्तु, सत्तारूढ दलभित्रको छिनाझपटी, बाझाबाझ (संवाद र माझामाझ होइन) र विकृत झमेलाले गर्दा सरकार दोहोरो मारमा परेको प्रस्ट देखिन्छ । सरकार आज यस्तो हलीजस्तो भएको छ, जहाँ आफ्नै बाउसेहरू हलो हिँडाउने बाटोमा ढुंगा राखेर हलो भाचिने अवस्था ल्याउने र दोष जति हलीलाई दिने ‘फिराक’मा छन् । घरमा समस्या परेको घरधनीले घर सम्हाल्नै हम्मे परिरहेको परिवेशमा कसरी बाह्य मामिलालाई सफल बनाउनु ?

देशलाई अहिले कोरोनाको महामारीले सकसमा पारिरहेको छ । देश महासंकटको सम्मुख छ आज । सरकार यता टाल्यो उता च्यातिने र उता टाल्यो यता भ्वाङ पर्ने परिस्थितिबाट गुज्रिरहेको छ । स्वदेश र विदेशमा रहेका सारा नेपाली जनता निर्मम विपत्तिको सामना गर्न अभिशप्त छन् । यही समय पारेर निकटतम छिमेकी देश नेपालको छातीमाथि सवार भएका छन् । सधैं ‘मलाई नेपाली जनताको प्रेमले आकर्षित गरिरहन्छ’ भनी लफ्फाजी गर्ने छिमेकी देशको प्रमुख कार्यकारीले फेरि पनि धोका दिएको छ । विकट पहाडी इलाकामा रातारात त्यति ठूलो निर्माण कार्य सम्पन्न हुन सक्दैन । त्यसका लागि निकै लामो समय लाग्यो होला । तर, नेपाल सरकारले चालै पाएन । सरकार प्रमुख नै यस्तो संवेदनशील मामिलामा बेखबर रहनु अत्यन्तै दुःखद र पीडादायी कुरा हो । यति ठूलो सैनिक, प्रहरी र जासुसी संयन्त्र रहेको सरकारको यो दुर्दशा ! विचित्र छ ।

कतिपय ‘स्वनामधन्य’हरूलाई यो घटनाले प्रहसन गर्ने अर्को मौका प्रदान गर्न पुग्यो । विगतमा सरकारको महत्वपूर्ण पदमा बसेका महानुभावहरूसमेत यो मिचाइ र हेपाइ आजको सरकारकै पालामा भएजस्तो गरी अतिरञ्जना गर्दै छन् । अहिले धेरै जना ‘प्रत्युत्पन्नमति’ भएका छन् । कतिपय ‘त्वरित् राष्ट्रवाद‘को प्रहसन गर्नमा मग्न छन् । उता सरकार धागो छिनेको चंगाजस्तो भएको छ । झन्डै ६० वर्षअघि सुरु भएको मानिएको घुसपैठ आज ‘सेमिफाइनल’मा पुगेको छ । यसलाई फाइनलमा पुग्नबाट रोक्ने जिम्मेवारी भने सौभाग्य-दुर्भाग्यवश यस सरकारको काँधमा आएको छ ।

अप्ठेरो समयमा चिर ‘बापवैरी’लाई जस्तो व्यवहार गर्ने छिमेकीलाई गाली गरेर या सरापेर समस्याको समाधान हुँदैन । किन्तु, आफ्नो अस्मितामा चोट पर्दा नेपाली जनता आक्रोशित हुनु स्वाभाविक हो । यो ठूलो शरीर, तर सानो हृदय भएको छिमेकीले गरेको असह्य र दुःखद व्यवहार हो । तथापि, सरकारले अत्यन्तै धीर र गम्भीर भएर शान्त र शालीन कूटनीतिलाई अंगीकार गर्नु आवश्यक छ । भनिन्छ, कूटनीतिमा आफू बेबकुफ भएको पत्तो पाउँदासम्म समय घर्किसकेको हुन्छ । कूटनीतिमा कुराले मीठो बनारसी ‘बालुसाही’ खुवाउने तर व्यवहारमा झुक्याएर पीरो ‘गुजराती’ खुर्सानी कोचिदिने काम पनि हुन सक्छ ।

जहिलेसम्म नेपाल आफैं समृद्ध हुँदैन, तबसम्म भारतको चिसो र चोटिलो बाछिटा आउन छाड्नेछैन । हामीले भारतसँग सुमधुर सम्बन्ध कायम गरी आफ्नो हितको रक्षा गर्नु भनेको वर्षामा छाता ओढेजस्तै हो । छाता ओढे तापनि वर्षा त हुन्छ नै । तर, बलियो छाता भयो भने त्यो वर्षा बलेनी बनेर शान्त रूपमा किनारा लाग्छ । अब सरकारलाई प्रमादमा रमाउने सुविधा छैन । सरकारसँग असम्भव योजनाको प्रदर्शन गरी प्रहसन गर्ने सुविधा पनि किमार्थ छैन । अन्य प्रत्युत्पन्न र ‘त्वरित् राष्ट्रवादी’हरूले तमासा र अतिरञ्जना गर्नुको पनि कुनै प्रयोजन छैन । बाहुबल र अस्त्रबल नहुनेको बल नै बुद्धिबल हो । हाम्रो कूटनीति जोसिलो नभई, होसिलो, संयत, शान्त र शालीन तर अडानयुक्त हुनु आवश्यक छ ।

(Visited 329 times, 1 visits today)
Loading comments...

आजको समाचार

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

साताका लोकप्रिय समाचार

‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ । औषधी व्यवस्था विभागले...

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।...

युवा संघको प्रश्न, सरकार कहाँ छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोभिड–१९ को नियन्त्रण, व्यवस्थापन, रोकथाम गर्नमा सरकार असफल रहेको आरोप लगाएको छ । युवा संघका...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडाैं ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । पोखरेलले संविधानको धारा १६८ को...

आजदेखि निषेधाज्ञामा थप कडाइ, सवारी साधनलाई सडकमा हाेल्डिङमा राखिने

काठमाडाैं । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा...

ट्रेन्डिङ

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ताको खोजीकार्य जारी, नदीले बगाएको आशङ्का

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

नेकपा अध्यक्षद्वयको छलफलपछि सचिवालयको बैठक बोलाइने

काठमाडौं । सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली...

ओलम्पिक सार्न माग

ओस्लो । आउदो जुलाई र अगस्टमा एसियाली मुलुक जापानमा विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक–२०२० हुने तय छ । ओलम्पिक हुन चार महिना बाँकी छ...

फुटबल फर्किदाको फरक दृश्य

म्युनिख । कोभिड–१९ को महामारी र त्रासका कारण विश्व खेलकुद ठप्प बन्दा खेलाडीहरूले झन्डै ६५ दिनदेखि खेल्न तथा समर्थकहरूले खेलको मजा लिन पाएको थिएनन्...

दसैं–तिहार अग्रिम टिकट बुकिङ अन्योलमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष दसैं–तिहारमा खोलिने अग्रिम टिकट बुकिङ नै अन्योलमा परेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन...

पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत

पोखरा । प्राकृतिक विपत्तिका साथै समयसमयमा फैलिने रोगजन्य प्रकोपको प्रभाव नेपाली पर्यटन बजारमा पर्ने गरेको छ । पछिल्ला केही वर्षमा विनाशकारी भूकम्प, हिम आँधी,...

बाराको निजगढमा कोरोना संक्रमित शून्य

बारा । बाराको एक स्थानिय तहमा कोरोना पोजेटिभको संख्या शून्य भएको छ । निजगढ नगरपालिकामा कोरोना पोजेटिभको संख्या शून्य देखिएको हो । नगरपालिकाले निमार्ण गरेको...

घरै बस्छन् कोरोना संक्रमित, आइसोलेशन र क्वारेन्टाइन रित्तै

चुरे मकवानपुर । कोरोना संक्रमित दैनिक जसो बढेता पनि बागमती प्रदेशमा सरकारी क्वारेन्टाइन र आइसोलसन वार्डहरु भने खाली देखिएका छन् । घरैमा बसेर कोरोना...

नागरिकतासम्बन्धी नेकपाले गरेको निर्णय पुनर्विचार गर्न दबाब

काठमाडौं । संसद्मा विचाराधीन नागरिकता विधेयकबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न माग गरिएको छ । जनता समाजवादी पार्टी...

असन्तुलित र अपरिपक्व राजनीति र वर्तमान गतिरोध

नेपालमा सधैं राजनीतिले दीर्घकालीन सोच बनाएन, सत्ता केन्द्रित राजनीतिमा ध्यान केन्द्रित गर्दै रह्यो । नेपाल सानै देश भए पनि सामरिक महत्वका हिसाबले भारत, चीनलगायत...

अनियन्त्रित बन्दै कोरोना

काठमाडौं । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)