तुलसीपुर ७ का युवकको कोरोना रिपोर्ट नेगेटिभ, ४ का युवकको पोजेटिभ

घोराही । तुलसीपुर उपमहागनरपालिका–४ निवासी ४६ बर्षका एक व्यक्तिलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । गएको चैत्र महिनामा आफन्तलाई उपचार गराउन गएका उनलाई कोरोना पुष्टि भएपछि अहिले पाटन हस्पिटलमा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा कोरोना संक्रमित भनिएका तुलसीपुर उपमहागनरपालिका–७ का युवकको भने रिपोर्ट नेगेटिभ आएको छ । ‘हस्पिटलमा काम गर्ने तुलसीपुर–७ का युवकको कोरोना पोजेटिभ भनिए पनि रिपोर्ट नेगेटिभ आयो,’ तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले भने–‘ तर विरामी लगेर गएका तुलसीपुर– ४ का बिरामी कुरुवाको रिपोर्ट भने पोजेटिभ आयो ।

स्वास्थ्य मन्त्रालयबाट सहि सूचना प्राप्त नहुँदा स्थानीय सरकारलाई ट्रेसिङ्गको काममा कठिनाई भएको भन्दै नगर प्रमुख पाण्डेले यसतर्फ स्वास्थ्य मन्त्रालय र सम्बन्धित पक्षलाई गम्भिर हुन आग्रह समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी