नेपालगन्ज उपमहानगरपालिकाले सुरु ग-यो ‘राहतका लागि काम’

नेपालगन्ज । कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण प्रभावित नेपालगञ्ज उप–महानगर क्षेत्रभित्रका नागरिकलाई उपमहानगरपालिकाले ‘राहतका लागि काम’ सुरु गरेको छ ।

स्थायी रुपमा बसोबास गर्ने १२ हजार र भाडामा बस्ने करिब ४ हजार विद्यार्थीलाई पहिलो चरणको राहत वितरणपछि दोस्रो चरणमा े ‘राहतका लागि काम’ कार्यान्वयनमा ल्याएको हो ।

उपमहानगरले नगरभित्र बसोबास गर्ने विपन्न समुदायका दैनिक ज्याला मजदुरी गर्ने, भाडामा बस्नेलाई २ करोड ६८ लाख ९९ हजार बढी रकमकोे प्रति परिवार १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा सावुन वितरण गरेको थियो उपमहानगरका उपप्रमुख उमा थापामगरले जानकारी दिईन् ।

पटक–पटक राहत बितरण गर्दा पनि सबैले राहत नपाएको गुनासो आउन थालेपछि लकडाउनको कारण प्रभावितलाई राहतको ठाँउमा रोजगारी दिने निर्णय गर्दै वडामा हुने विकास निर्मणको काममा सामाजिक दुरीलाई ख्याल गरी काममा लगाउन सुरु गरिएको बताईन् ।

कोरोना भाइरसबाट जोगिन लकडाउनलाई पालना गर्दै कार्यपालिका बैठकको निर्णय अनुसार वडा कार्यालयले पहिलो चरणमा विपन्न परिवार छनौंट गरि वडा कार्यालय मार्फत नेपालगन्ज–१ र १८ का विपन्न परिवारलाई वाटरपार्क सफाई कार्यमा रोजगारी दिईएको नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ वडा अध्यक्ष तथा प्रबक्ता प्रमोद रिजालले जानकारी दिए ।

उनले लकडाउको कारण विकास निर्माणको काम पनि प्रभावित नहुने र सामाजिक दुरी कायम राखेर मजदुरको समस्या समाधान गर्नको लागि राहतको ठाउमा दैनिक ज्यालादारी काम दिन सुरु गरेको बताए ।

लकडाउनको कारण भोकै बस्नु पर्ने अवस्था अउन थलेपछि वडा कार्यालयबाट पाईएको रोजगारीमा काम गर्न आएको नेपालगन्ज–१८ का श्याम विकले बताए । लकडाउन अघि भाडाको गाडि चलाउने काम गर्दै आएका उनी जस्तै करिब एक सयले उपमहानगरले उपलब्ध गराएको दैनिक ६ सय रुपैया ज्याला पाउने सर्तमा काम गर्दैै आएका छन् ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण नियन्त्रण गर्न सरकारले देशभर बन्दाबन्दी घोषणा गरेको ९ औ साता बितिसकेको छ । बन्दाबन्दीको कारण भोको पेट दिन काट्न विवस दैनिक ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउन स्थानीय तहहरुले राहतको सट्टा दैनिक मजदुरीको काम उपलब्ध गराउदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी