बूढानीलकण्ठमा १२ जना क्वारेन्टाइनमा

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाले नेपालगञ्जबाट आएका १२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखेको छ । कोभिड–१९ को सङ्क्रमण बढिरहेको अवस्थामा बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ मा रहेको छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए ।

भारतको विभिन्न ठाउँ हुँदै नेपालको सीमासम्म आइपुगेका ती व्यक्तिहरु नेपालगञ्जमा रहेको क्वारेन्टाइनमा बसी पत्रसहित सम्बन्धित विभिन्न जिल्ला पठाउने क्रममा काठमाडौँ आइपुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएका १२ पुरुषहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, रसुवा, नुवाकोट र सुर्खेतलगायत जिल्लाका रहेका छन् । नेपालगञ्जबाट काठमाडौँ आएका ती व्यक्तिहरुको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप