कोरोनाले मृत्यु भएकी महिलाको गाउँमा त्रास

वाग्मती प्रदेशले स्थापना गरेको द्रुत प्रतिकार्य टोलीको नेतृत्व गर्दे सामाजिक विकास मन्त्री युवराज दुलाल,उद्योग पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपाल सहित स्वास्थ्यकर्मीहरुको टोली मृतक महिलाको गाउँमा पुगेको छ

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड –१९)को संक्रमणबाट निधन भएकी सुत्केरी महिलाको गाउँमा पुगेर वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालय अन्र्तगतको प्रदेश स्वास्थ्य निर्देशानलका स्वास्थ्यकर्मीहरुको टोलीले आफन्तहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरेको छ ।

वाग्मती प्रदेशले स्थापना गरेको दु्रत प्रतिकार्य टोलीको नेतृत्व गर्दे सामाजिक विकास मन्त्री युवराज दुलाल,उद्योग पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपाल सहित स्वास्थ्यकर्मीहरुको टोली मृतक महिलाको गाउँमा पुगेको थियो ।

प्रदेश मन्त्रालय अन्र्तगत गठित दु्रत प्रतिकार्य टोलीले कोरोना भाइरसका कारण सुत्केरी महिलाको मृत्यु भएपछि टोलीले कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिलो चरणमा मृतक महिलाको घर क्षेत्रको आफन्तको स्वाब संकलन सुरु गरिएको हो ।

सामाजिक विकास मन्त्री सहित प्रदेश स्वास्थ्य निर्देशानलय हेटौडाको प्रमुख रमेश अधिकारी,प्रदेशका विज्ञ डाक्टर पुरुषोतम सेढाई,प्रयोगशाला प्रमुख नारयण कार्की,जिल्ला स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाई सहितको आठ सदस्य द्रुत प्रतिकार्य टोली मृतक महिलाको गाउँ बाह्रविसे नगरपालिका ९ राम्चे ठोटनेरीमा पुगेको थियो ।

वाग्मती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशानलयले पहिलो घेरामा कम्तीमा १ सय जनाको पीसीआर परीक्षणका लागि सूची तयार पारेको सामजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । ‘हामीले पहिलो दिन तयार पारेको सूचीमा रहेर ५० बढी स्थानीयको पीसीआरका लागि स्वाब संकलन सुरु गरेका छौ,यो सूची केही बढ्न पनि सक्छ’ सामजिक विकास मन्त्री दुलालले भने ।

कोरोना भाइरसको कारण आफ्नै गृह जिल्लामा पहिलो पटक सुत्केरी महिलाको मृत्यु भएपछि प्रदेशका दुवै मन्त्री,सभामुख अग्नि सापकोटाको सन्देश लिएर नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा,बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा,उपप्रमुख सुशिला पाख्रिन सहित जनप्रतिनिधिहरुको टोली गाउँमा पुगेका थिए ।

स्वास्थ्यकर्मीहरुको टोलीले तयार पारेको सूचीमा पहिलो चरणमा भित्री घेराबाट बोलाएर स्वाब संकलन सुरु गरिएको छ । प्रत्येक दिन संकलन भएको स्थानीयको स्वाब बेलुकी नै केन्द्रीय प्रयोगशालामा पठाउने गरी व्यवस्था भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । पहिलो घेराको स्वाब संकलन पछि,दोस्रो घेराकाहरुलाई पनि परीक्षणका लागि स्वाब संकलन सुरु गरिने उनले जानकारी दिए ।

कोरोनाका कारण सुत्केरी महिलाको मृत्यु भएपछि गाउँमा त्रास देखियो,हामीले सरकारको तर्फबाट गर्ने सबै सहयोग गर्ने प्रतिबद्धता गरेका छौ :  अरुण नेपाल, पर्यटन,वन तथा वातवरण मन्त्री

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका अन्यको पनि सूची तयार भइरहेको र केही राजधानीमा पनि गएको सूचना आएकोले उनीहरुलाई पनि सम्पर्कमा ल्याउने तयारी भइरहेको प्रहरीको भनाई छ ।

‘कोरोनाका कारण सुत्केरी महिलाको मृत्यु भएपछि गाउँमा त्रास देखियो,हामीले सरकारको तर्फबाट गर्ने सबै सहयोग गर्ने प्रतिबद्धता गरेका छौ ।’ वाग्मती प्रदेशका उद्योग ,पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपालले भने । स्वास्थ्यकर्मी,स्वास्थ्य सामग्री लगायत अन्य आवश्यक सबै सामग्रीको कमी हुन नदिने हामीले विश्वास दिलाएपछि स्थानीयमा त्रास केही कम भएको आफुहरुले पाएको मन्त्री नेपालले बताए ।

मन्त्रीसहितको टोलीलाई स्थानीयले गाउँका सबैको कोरोना परीक्षण गर्नुपर्ने माग गरेका थिए । ‘हामी सबै त्रासमा छौ,हामी सबै गाउँलेको परीक्षण गर्नुपर्छ ।’ स्थानीय कृष्ण कार्कीले मन्त्री सहितको स्वास्थ्यकर्मीहरुको टोलीसँग भने । स्वास्थ्यकर्मीहरुको टोलीले भने सबैको परीक्षण गर्नुनपर्ने बताएका थिए । मृतक महिलाको गाउँमा जम्मा २३घरधुरी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटमा मतदाताले नै मतपेटिका लिएर भागे