Friday, July 23, 2021
HomeNot-to-be-missedसन लन्डन फर्किए

सन लन्डन फर्किए

,

लन्डन ।इंग्लिस क्लब टोटेनहम हस्टपरका दक्षिण कोरियाली स्टार फरवार्ड ह्युङ मिन सन लन्डन फर्किएका छन् । आफ्नो देशको अनिवार्य सैन्य तालिम पूरा गरेर सन प्रिमियर लिगका लागि शनिबार साँझ लन्डन फर्किएका हुन् ।

कोरोना महामारीले विश्व खेलकुद गतिविधि ठप्प भएपछि सन आफ्नो अनिवार्य सैन्य तालिमका लागि दक्षिण कोरिया पुगेका थिए । झन्डै तीन साता लामो अनिवार्य सैन्य तालिममा सहभागी सन तालिम लिने उत्कृष्ट पाँच सहभागीमा पर्न सफल भएका हुन् । कोरियाको दक्षिणी भेगको जेजुस्थित म्यारिन कप्र्स ट्रेनिङ सेन्टरमा कुल १ सय ५७ सहभागी रहेको क्याम्पमा सन शीर्ष पाँचमा पर्न सफल हुँदा सुटिङ विधामा उत्कृष्ट नतिजा हासिल गरेका थिए ।

बेलायत सरकारको निर्णयअनुसार उनमा कोरोना परीक्षण गर्दा नेगेटिभ नतिजा देखिए उनले दुई सातासम्म क्वारेन्टाइनमा बस्नुपर्नेछैन । उनी सोमबारदेखि नै एकल अभ्यासमा सहभागी हुनेछन् । त्यसपछि मात्रै सामूहिक प्रशिक्षणमा सामेल हुन पाउनेछ । सामाजिक दूरी कायम गरेर मात्र सामूहिक प्रशिक्षण गर्नुपर्ने नियम बनाइएको छ । हातमा चोट बोकेपछि सनले सिजन गुमाउने अनुमान गरिएको थियो । तर, कोरोनाको कारण दुई महिनादेखि प्रिमियर लिग स्थगित भएपछि उनले अब लिग सुरु भएको अवस्थामा खेलमा फर्कन सक्नेछ ।

कोरियामा हरेक नागरिकले २१ महिने सैन्य तालिम अनिवार्य रूपमा लिनुपर्ने प्रावधान छ । तर, सनले सन् २०१८ को एसियाली खेलकुदमा देशका लागि स्वर्ण पदक जितेपछि उनको तालिम अवधि घटाइएको थियो । अब सनले सन् २०२३ सम्म सीमित सामाजिक कार्यमा सहभागिता जनाउनुपर्नेछ ।

Loading comments...

आजको समाचार

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

साताका लोकप्रिय समाचार

कांग्रेस महाधिवेशन निर्धारित मितिमै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा...

पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९को बजेट (अध्यादेश)मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकलाई एक महिना अवधिको भिसा शुल्क छुट दिने भनिए पनि...

श्रीमान तीन वर्षदेखी साउदीमा, श्रीमती भ्रुण हत्या अभियाेगमा नेपालमा पक्राउ

  बलेवा । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको...

रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा...

माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत

  काठमाडौं । साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा...

ट्रेन्डिङ

मिथिला परिक्रमाको डोला नेपालमा (फोटोफिचर)

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाको डोला आज नेपाल आएको छ । दुईदिन भारतमा रहेर डोला नेपाल आएपछि महोत्तरीको मठियानीमा भव्य स्वागत गरिएको छ ।...

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

काठमाडौं । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?