युवकको मृत्यु हुँदा क्वारेन्टाइनमा स्वास्थ्यकर्मी थिएनन्

शनिबार बेलुका खाना खाएर सुतेका उनले ४ बजे बिहान एक्कासी २ पटक बान्ता गरेपछि बेहोस भएका थिए । बेहोसीमै उनको प्राण गयो

नेपालगन्ज । बाँकेको नरैनापुर गाउपालिका वडा नं. ५ को दिपेन्द्र प्राविमा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका २५ वर्षिय युवकको क्वारेन्टाईन बसाईको क्रममा आईतबार बिहान मृत्यु भएको छ ।

गत बैशाख ३० गते भारतको मुम्बैबाट आएका उनी गाउपालिककाले निर्माण गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए । उनी कोरोना संक्रमित भएको मृत्युपछि पुष्टि भएको थियो ।

मृतक युवकसंगै आएका अन्य ३ जनामा कोरोना पुष्टि भएपछि उनीहरुलाई कोरोना आईसोलेशन अस्पताल बेलझुण्डि दाङ्गमा उपचारको लागि भर्ना गरिएको छ । उनीहरुको कन्ट्यक्ट ट्ेसिङ्गमार्फत शनिबार स्वाब कलेक्सन गरिएको थियो ।

जव युबले बान्ता गरे

वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य क्वारेन्टाईनको व्यबस्थापनमा ध्यान दिन नसक्दा युवकले उपचारै नपाएर ज्यान गुमाउनु परेको बताउछन्

शनिबार बेलुका खाना खाएर सुतेका उनले ४ बजे बिहान एक्कासी २ पटक बान्ता गरेपछि बेहोस भएका थिए । नरैनापुर गाउपालिकाका स्वास्थ्य शाखा सहसंयोजक नागेन्द्र शाहका अनुसार एक्कासी बान्ता भएपछि एम्बुलेन्सको खेजी गर्दा गर्दै उनको निधन भएको थियो ।

क्वारेन्टाईनमा खटेका स्वास्थ्यकर्मी दिनेशकुमार मौर्यले मृतकमा शनिबार साँझसम्म कुनै लक्षण देखिएको बताए । ‘राती ११ बजेसम्म क्वरेन्टाईनमा बसेकासंग कुरा गर्दै बसेर सुतेका उनी एक्कासी विरामी भएको खबर आएपछि क्वारेन्टाईन पुग्दा उनी गम्भीर अवस्था थिए ।’ उनले भने ।

वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य क्वारेन्टाईनको व्यबस्थापनमा ध्यान दिन नसक्दा युवकले उपचारै नपाएर ज्यान गुमाउनु परेको बताउछन् । ‘मेरो वडाको क्वारेन्टाईको घटना मलाई नै जानकारी दिईएन । उनको समयमै उपचार गराएको भए ज्यान जोगिने थियो ।’ एम्बुलेन्स चालकलाई पिपिई नदिएको कारण समयमा एम्बुलेन्स चालक समेत बिरामी लिन जान मानेनन् ।

मृतकका काका ईब्रहिम नाउले आफ्नो भतिजोले उपचार नपाएर ज्यान गुमाएको गुनासो गरे । ‘छ दिन अघि मुम्बैबाट आएको थियो घर पनि आउन नपाई ज्यान गुमायो । क्वारेन्टाईनमा बिरामी हुँदा उपचार त के पानी समेत नपाई मृत्युको मुखमा पुग्नु पर्यो ।’ उनले भने । युवक विरामी हुँदा क्वारेन्टाईनमा स्वास्थ्यकर्मी नभएको उनको भनाई छ । युवकको मृत्युपछि क्वारेन्टाईनमा बसेकाहरुले व्यवस्थापन राम्रो नभएको भन्दै बिरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब