काठमाडौँ । एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ । बुधबार बिहानै साइबर ब्युरो पुगेका बस्नेतसँग प्रहरीले बयान लिइरहेको छ । बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन्।
तर अनुसन्धान अघि नबढेपछि केही दिनअघि सरकारी वकिलको कार्यालयले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो। सो निर्देशनअनुसार ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)






