बागमती किनारमा पुरुषको शव, मरिनमा अरिंगालले टोकेर एकजनाको मृत्यु

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं. २ मा आइतबार बाढीले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ । करिब ३५, ४० वर्षको पुरुषको शव बागमती नदीको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताएका छन । उनका अनुसार शरीरमा लुगा नभएको र हिलोमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । मृतक व्यक्तिको पहिचान खुल्न नसकेको सुवेदीले बताएका छन । शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याईएको उनले जानकारी दिएका छन ।

अरिंगालले टोकेर एक जनाको मृत्यु
मरिणको कटन जल्केनीमा घरमै अरिंगालले टोकेर एकजनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन । अरिंगालको टोकाईबाट घाईते भएकी ३० वर्षिय रुकुनी रानाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा आईतबार मृत्यु भएको छ ।

शनिबार राती आठ बजेतिर मरिण गाउँपालिका वडा नं. २ कटन जल्केनीमा घरमा बसिरहेका चार जनालाई अरिंगालले घरमै आई टोकेको थियो । अरिंगालको टोकाईबाट ४१ वर्षिय सोमबहादुर राना, ९ वर्षिय कुशल राना र एक वर्षिय बालिका घाईते भएका छन ।

घाईते भएका तीनै जनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने