काँग्रेसको पदाधिकारी बैठकमा देउवा सहभागी नहुने

काठमाडौँ । नेपाली काँग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

देउवाले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका थिए । देउवा के कारणले बैठकमा सहभागी नहुने भने अहिलेसम्म कारण खुलेको छैन । उनी सहभागी नहुने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्न लागेको हो ।

जेन जेड आन्दोलनका क्रममा उनीमाथि गत २४ भदौमा आक्रमण भएको थियो । प्रदर्शनकारीले उनको बूढानीलकण्ठस्थित घरमा आगजनी गरेका थिए । उनी आन्दोलनपछि देउवा पार्टीको बैठकमा सहभागी भएका छैनन् । आजको बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा’bout बैठकमा छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की