सिन्धुली । असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले कटान गरी अवरुद्ध भएको विपी राजमार्गमा एकतर्फी यातायात सुचारु भएको छ । पूर्वी नेपाल र काठमाडांै जोड्ने मुख्य र छोटो दुरीको राजमार्ग रहेको विपी राजमार्ग हिजो शुक्रबार दिउँसोबाट सुचारु भएको हो । सिन्धुलीको नेपालथोकतर्फबाट र काभ्रेको रोशी तर्फबाट अस्थायी ट्रयाक खोली यातायात सञ्चालनमा ल्याइएको हो ।
राजधानी काठमाडौंसँग बाग्मती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने महत्वपूर्ण राजमार्ग सञ्चालनमा नहुँदा वैकल्पिक मार्ग प्रयोग गरि यातायात सञ्चालनमा आएका थिए । मदनभण्डारी राजमार्गको हेटौडा हुँदै काठमान्डौ र सिन्धुली मन्थली चरिकोट हुँदै काठमाडौं पुग्ने गरी दुई राजमार्गको प्रयोग गरि यातायात सञ्चालन भएका थिए ।
बाढी र पहिरोबाट राजमार्गको काभे्र र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको थियो भने करिब ६ किलोमिटर सडक अवरुद्ध भएको थियो ।
अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा शुक्रबारदेखि यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन । दुईतर्फी रुपमा सडक सुचारु गर्न भने आईतबारसम्म लाग्ने उनले जानकारी दिएका छन ।
अवरुद्ध भएको सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । सिन्धुलीतर्फको सडक विहिबार नै सुचारु भएको थियो भने काभ्रेतर्फको सडक शुक्रबार एकतर्फी सञ्चालन भएपछि यातायात सञ्चालन गरिएको हो ।
बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पु¥याएको थियो । काभे्रको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), माम्तीमा सडक क्षति पुगेको थियो ।
यस्तै सिन्धुलीतर्फ बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल) मा सडक क्षति पुगेको थियो । गत असोज ११ र १२ गते आएको बाढीले क्षति पु¥याई अस्थायी सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको राजमार्ग एक वर्षमा फेरी सोहि ट्रयाक बगाएर अवरुद्ध गरेको थियो ।
गत वर्ष २२ किलोमिटर सडक भत्किएको थियो । तीनसाता लगाएर बनाईएको सडक यो वर्ष ६ किलोमिटर अवरुद्ध थियो । खारखोला २ तीनदिन पानी परेमा १५ घर रहेछन । जमिन चिरा चिरा जमिन तल लच्केको । घर ढल्केको छ । जोखिममा प्राविधिक टोली पठाउन माग गरिएको छ ।






