चलचित्र ‘ककाकिकी’को छायांकन पर्वतबाट सुरु

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘ककाकिकी’को छायांकन बिहीबारबाट सुरु भएको छ । निर्माण टिमले पर्वतको भूकदेउरालीमा बिहीबार बिहान शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरेको हो ।

यो चलचित्रमा महेश त्रिपाठी, सुवर्ण थापा, तृप्ति नाडकर, रेखा थापा, गौरी मल्ल, दिया मास्के, सुभाष गजुरेललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘ककाकिकी’लाई हास्य सो ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो । चलचित्रलाई श्रद्धा प्रसाईँ र बिक्की अग्रवालले निर्देशन गर्दै छन् ।

यो चलचित्रको छायांकन तालिका ३५ दिनेको राखिएको छ । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरू छायांकन गर्ने र त्यसपछि काठमाडौँ फर्केर बाँकी छायांकन गरिने यस चलचित्रका निर्देशक बिक्की अग्रवालले जानकारी गराएका छन् ।

यस चलचित्रको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलले लिएको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलले लिएको छ । यो चलचित्रको लेखकमा बिक्कीसँगै विकास अर्याल र सरोज भण्डारी छन् । यस चलचित्रको डिओपीमा सुदिप बराल छन् ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह