राजविराज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी राजयोगीनी डा.राजदादी माँ ले अशान्त समाज र मुलुकलाई शान्ति तर्फ डो¥याउन परमात्माको ज्ञानको पालना र राजयोग संग जोडिन आवश्यक भएको बताएकी छिन ।
शनिवार सप्तरी सदरमुकाम राजविराजस्थित राजरंगशालामा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजको रजत जयन्ती समारोहको उदघाटन गर्दै उनले यस्तो कुरा बताएकी हुन ।
समारोहमा सहभागी भएकाहरुलाई एउटै परिवारको संज्ञा दिदै उनले परमात्माको ज्ञान र राजयोगलाई ग्रहण गर्न सके परिवारका सबै सदस्यको जीवन सुखमय हुने बताईन ।

“परमात्माको ज्ञान र राजयोगलाई ग्रहण गर्न नसक्दा समाज, मुलुक र विश्वका अनेक राष्टमा अहिले हिंशा र आतंक बढ्दै गएको छ, उनले भनिन्– यसको नियन्त्रणका लागी परमात्माको ज्ञान र राजयोग अपनाउनु नै उत्तम उपाय हो ।”
उनले परमात्माको ज्ञान र योगको बलमा घर परिवार समाज र त्यस पछि मुलुक मै सकारात्मक परिवर्तन आउने जिकीर गरिन । उनले ध्यान र इश्वरीय ज्ञानको माध्यमले समाजमा अध्यात्मिक चेतना जागृत गर्दै हरेकको मनमा शान्ति, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न केन्द्रले काम गरीरहेको बताईन ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजकी संचालिका एवं निर्देशक भगवती दिदीको अध्यक्षतामा आयोजित समारोहमा केन्द्रकी सहनिर्देशक एवं सिमाञ्चल प्रभारी राजयोगीनी किरण दिदी, प्रदेश साँसद मनिष सुमन, महेश प्रसाद यादव, जेष्ठ नागरिक मधेश प्रदेशका अध्यक्ष शंकर शारदा, बरिष्ठ राजयोग प्रशिक्षक राम सिंह ऐर, राजु घले, राजयोगीनी रञ्जु दिदी, गिता दिदी, लक्ष्मी दिदी, पुर्व मन्त्री शैलेन्द्र प्रसाद साह, समाजसेवी हरेकृष्ण प्रसाद सिह लगायतले पनि बोल्दै खुशियाली जिवन, हिंसामुक्त समाज र तनाव व्यवस्थापनका लागी परमात्माको ज्ञान आवश्यक रहेको बताएका थिए ।
समारोहमा नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार, दिल्ली र राजस्थान राज्यबाट समेत केन्द्रका प्रतिनीधी र अनुयायीहरु सहभागी रहेको मिडिया प्रभारी दिनानाथ यादवले जानकारी दिए । प्रमुख अतिथी डा. राजदादी माँ ले शनिवार नै केन्द्रको राजविराज ८ स्थित नवनिर्मित क्षेत्रिय कार्यालय बरदानी भवनको उदघाटन गरेकी छिन ।
यस अघि तिन दिवसीय रजत जयन्ती समारोह कार्यक्रम अन्तर्गत ¥याली तथा योग र तनाव व्यवस्थापन शिवीर लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।






