ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहसहित परिवारले गरायो स्वास्थ्य परीक्षण

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् ।

अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । चिकित्सकका अनुसार, उक्त रिपोर्ट ५ दिन पछि आउनेछ । अस्पताल स्रोतले भन्यो, ‘उहाँ प्रोस्टेट बायोप्सीको परीक्षणका लागि आउनुभएको हो । नियमित परीक्षण हो ।’ प्रोस्टेट, पुरुषहरूमा मात्र हुने ग्रन्थी हो ।

यसलाई पुरुष ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्रनलीको ’round हुन्छ ।ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट प्रोस्टेट बनेको हुन्छ । उमेर बढ्दै जाँदा अरु ग्रन्थी झैं यो पनि बढ्न थाल्छ । तर, यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह