Friday, July 23, 2021
HomeEditor-Picksनेपालमा आमाबुबाको मृत्यु, भारतमै किरिया

नेपालमा आमाबुबाको मृत्यु, भारतमै किरिया

,

बैतडी । लकडाउनका कारण नाका बन्द हुँदा गएको ५ दिनदेखि बैतडीका ४ जना भारतमै किरिया गर्न बाध्य भएका छन् । बैतडीको सुर्नया गाउँपालिका ३ का राजेन्द्र प्रसाद भट्ट र तारा भट्टका बुवा देव दत्त भट्टको गत वैशाख ३१ गते मृत्यु भएको थियो । भारतमा मजदुरी गर्दै आएका उनी दुबैजना नाका बन्द हुँदा भारतको झुलाघाटमै किरिया गर्न बाध्य भएका छन् ।

यस्तै पुर्चौडी नगरपालिका ७ का ठगी साउदका आमा भुरी साउदको पनि यही जेठ १ गते मृत्यु भएको भएपनि नाका सिल हुँदा ठगी झुलाघाटमै किरिया गरिरहेका छन् । यसका साथै सिगास गाउँपालिका ९ का कृष्ण सिंह धामीकी श्रीमती कलावती धामी गत वैशाख ३० गते बितेकी भएपनि कृष्णले पनि स्वदेश फर्कन पाएका छैनन् । उनीहरुले आफूहरुलाई स्वदेश फिर्ताको लागि सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने उनीहरुलाई नेपालको तर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताएका छन् । नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भएपनि भारतीय पक्षले ढिलाई गरिरहेको बताए । भारतीय पक्षलाई ४ दिन अगाडी नै पत्र काटिसकेको बताउँदै उनले भारतलेसहमत हुँदा नाका खोली उनीहरुलाई स्वदेश भित्र्याइने स्पष्ट पारे ।

भारतबाट अवैध रुपमा आउने क्रम जारी
भारतबाट आएका अधिकांस नागरिकमा कोरोना संक्रमणको पुष्टि भइरहेका बेला बैतडी भने अवैधानिक रुपमा नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन् । लकडाउनका कारण सीमा नाका सिल रहेका बेला महाकाली नदीमा ट्युबको माध्यमबाट अवैधानिक रुपमा नेपाल प्रवेश गरिरहेका हुन् ।

आइतबार मात्रै बैतडीका १२ जना महाकाली नदीमा तरेर आएका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । उनीहरुको बैतडीको धर्मघाट र दार्चुलाको लाली नाका भएर स्वदेश फिर्ता भएका हुन् । स्वदेश भित्रिनेमा जिल्लाको पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ४/४ शिवनाथ गाउँपालिकाका ३ र पञ्चेश्वरका १ जना रहेका रहेका छन् । अवैधानिक रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई सम्वन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।

अवैधानिक रुपमा प्रवेश रोक्न सुरक्षाकर्मी परिचालन गरिएको भएपनि सुरक्षाकर्मीको आँखा छलेर नेपाल प्रवेश गरिरहेका छन् । भारतसंग सीमा जोडिएको बैतडीको ६१ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीका ६ पोष्ट खडा गरिएका छन् । उनीहरुले सीमामा चौबिसैं घण्टा पहरा दिइरहेका हुन् । यसका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि सीमाक्षेत्रमा गस्ती जारी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

Loading comments...

आजको समाचार

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझंै फरार रहेका छन् । फरार...

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय...

साताका लोकप्रिय समाचार

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

‘आनन्दी’ कि हजुरआमा सुरेखा सिखरीको निधन

  मुम्बई । प्रशिद्ध बलिउड नायिका सुरेखा सिकरीको ७५ वर्षको उमेरमा निधन भएको छ । ५० वर्षसम्म अभिनयमा सक्रिय सुरेखा ‘बालिका बधु’ मा कल्याणीदेवीको भुमिका...

कांग्रेस महाधिवेशन निर्धारित मितिमै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा...

माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत

  काठमाडौं । साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा...

दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको छ । न्यायाधीशबीचको राय बाझिएसँगै अब...

ट्रेन्डिङ

लुम्बिनी प्रदेश उपनिर्वाचनः दुई उम्मेदवार, २ सय ९६ मतदाता

काठमाडौं । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही...

पोर्चुगलको प्रभावशाली जित

लिस्वन । कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहे पनि पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि ४–१ को जित दर्ता गरेको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?