बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेस निकट नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका संयोजक सुदन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन्।

जेनजी आन्दोलन र पछिल्लो परिस्थिति’bout धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै बालेनले विगतमा पनि सिंहदरवार जलाउने धम्की दिएको स्मरण गरेका छन्।

उनले भने, ‘सिंहदरवार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ। ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने ? सुधन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन्। अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले कन्ट्रोल गर्दैन भने त्यसको जिम्मा नेविसंघले लिन्छ।’

उनले अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरूलाई कारबाही गर्न माग गरे। उनले ०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

पार्टीभित्र पनि वडादेखि केन्द्रसम्मका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनको माग छ। उनले घटनाको निष्पक्ष छानबिन गर्नको लागि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन हुनुपर्ने बताएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की