संचालनको तयारीमा चन्द्रकोट अस्पताल

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा बनेको १५ शैयाको आधारभूत अस्पताल संचालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ७ मा बनेको अस्पताल यही असौज ३० गतेबाट संचालनमा आउने भएको हो । अस्पताल बनेर पनि दुई बर्षसम्म प्रयोगबिहीन भएको भन्दै विभिन्न मिडियामा समाचार समेत प्रकाशित भएका थिए ।

त्यसपछि गाउँपालिकाले मेडिकल अधिकृतको व्यवस्थापन गरी अस्पताल संचालनमा ल्याउन लागेको हो । गाउँपालिकाले गरेको विज्ञापनमार्फत डाक्टर रोशनकुमार यादव र लुम्बिनी प्रदेशको छात्रबृत्ती करारमार्फत डाक्टर अरुण गैरेलाई नियुक्ती गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए । अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरे लगायत ओपिडी सेवाहरु संचालन हुनेछन् ।

जिल्लामा सबैभन्दा पहिले निर्माण व्यवसायी विजय खनालले गुल्मीदरबारमा डिकोई अर्जुन न्यू लिजा र चन्द्रकोट गाउँपालिकामा तुल्सिभक्त अर्जुन व्युल्डर्स जेभीमार्फत अस्पताल निर्माणको काम सकेका थिए । गुल्मीदरबारमा भने यसभन्दा पहिले नै अस्पताल संचालन भइसकेको छ । ‘अस्पताल सुरु भएसँगै चन्द्रकोटबासीलाई ठूलो उपचारको लागि बाहिर जानुपर्दैन ।’ अध्यक्ष केसीले भने, ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ मा तुल्सिभक्त अर्जुन व्युल्डर्स जेभी, तम्घासले भ्याटसहित १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपँैया ३३ पैसामा १५ शैयाको भवन निर्माण गरेको हो । भवनको २०७८ असार १० गते सम्झौता भई ०८१ असार १० गते सक्नुपर्ने थियो ।

तर एक बर्ष म्याद थप भई यही असार १० गते निर्माण व्यवसायी विजय खनालले पालिकालाई उक्त अस्पताल हस्तान्तरण गरेका थिए । चन्द्रकोटमा अस्पतालको साथसाथै डाक्टर बस्ने दुईतले आभास भवन पनि निर्माण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले