काठमाडौं । अमेरिकामा बस्दै आएकी गायिका निता आचार्यले त्यहाँ रहेर पनि गायनलाई निरन्तरता दिँदै आएकी छिन् । उनले पछिल्लो समय अमेरिकाबाटै शिव भजन ‘त्रिनेत्रधारी…’ सार्वजनिक गरेकी छन् । आफ्नो धर्म संस्कृति जहाँ गएर पनि भुल्न नसकिने भनेर यो भजन श्रोतामाझ ल्याएको उनले बताएकी छिन् ।
निताको यो भजन शिव भक्ति र शिवप्रति समर्पित छ । भिडियोको छायांकन पनि अमेरिकाको विभिन्न मन्दिरमा गरिएको छ । भजन पूर्ण रूपमा हिन्दु बुद्ध मन्दिर र मेरिल्यान्डको बाल्टिमोर ’round छायांकन गरिएको हो ।
भिडियोमा गायिका निता आचार्यसंगै बाल कलाकार महर्षि घिमिरेले अभिनय गरेका छन् । यो भजनको निर्देशन गोविन्द राईले गरेका छन् । गोविन्द केही वर्षदेखि अमेरिकामै रहँदै आएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)






