कुम्हाललाई माटोको भाडो बनाउन भ्याई नभ्याई

बारा । तिहार र छठ नजिकिए संगै बारा जिल्लाको नगर तथा गाउँमा माटाका भाडोको बिक्री बढेको छ । दिपवाली र छठ पर्वमा कलश, दियो, घडा र छयाँची (दही जमाउने भाडो) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने भएकोले जिल्लाका नगर देखि गाउँँको बजारमा माटोका भाडोको बिक्री हवात्तै बढेको हो ।

वर्ष भरी अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाको भाँडा पर्व विशेषमा बेग्लै बजार जमेको देखिन्छ । दिवाली नजिकिएसँगै जिल्लाको नगर देखि गाउँँ सम्म माटाका भाडोको पसल थपेको स्थानिय बताउछन ।

माटोको दियो प्रतिदिन १ हजार ५ सय देखि २ हजार सम्म बनाउने गरेको कलैया २६ महेशपुर टोलका ६२ वर्षिय शिवनरायण पडितले बताए । दियोलाई दुई दिन सम्म आगोमा पकाई सके पछि पुर्ण रुपमा तयार हुन्छ । त्यसपछि यसलाई हामी मकवानपुर, चितवन, काठमान्डौ बुटवल लगायतको ठाउमा ट्रकमा लोड गरि बजारिकरन गर्छौ । हिन्दु समुदायमा माटामा नयाँ शुभकार्य गर्न उत्तम हुने समाजिक मान्यता चाडपर्वमा यसको माँग बढने गरेको यस क्षेत्रका उद्यमी व्यपारीको भनाई छ ।

पुस्तैनी पेसा रहेकोले हामी पनि अरु काम जान्न सकेनौ त्यसैले बाउ बाजेको पेसा अंगालेको अर्का कुम्हाल मुनिलाल पंडित बताउछन । वर्षेनि यहि काम गरि मासिक ३० देखि ३५ हजार सम्म आम्दानी हुने गरेको पंिडितले बताउछन । माटोको भाडोबाठ तिहारमा मात्रै एक लाख भन्दा बढिको आम्दानी हुने गरेको उनि बताउछन । सम्पुर्ण परिवारलाई यहि पेशाबाट गुजारा गरिरहेको उनले बताए ।

दिपवाली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छयाँची र त्यसलाई छोप्ने ढकन सहित माटाका भाँडा बनाउने पेशामा बृदि भएको कुम्हालहरुको भनाई छ ।

भाँडा बिक्री भएसँगै आफूहरुको तिहार र छठ पर्वको खर्च जोहो हुने गरेको कुम्हालहरुले बताएका छन । पर्वको मुख पारेर जिल्लाका महेशपुर,रामपुर, पर्सा, मझौलिया, गंजभवानीपुरमा माटाका भाँडाका स्थायी कक्ष नै राखिएका छन ।

हिन्दुहरुमा माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यस्ता प्लाष्टिकका भाँडाको प्रयोग बढेकाले आफूहरुको व्यवसाय चाड पर्व विशेष मात्रै चल्ने गरेको कुम्हाल हरुको भनाई छ ।

दिपवाली आउनु २ महिना अगाडि देखि माटोको भाडो बनाउन सुरु गरेको अर्का क्म्हाल बताउछन । माटोको भाडो बनाई त्यसलाई घरमै आगोमा पोली तयार हुने गरेको छ । वर्षेनी ४ देखि ५ ट्रक माल पठाउने गरेको पडित बताउछन ।

बजारिकरन गर्न पनि धेरै कठिनाई भएको उनले बताए । प्रत्येक चेक पोष्टमा प्रहरीले चलान मागि दुख दिएको गुनासो गरे । घरेलु तथा साना उधोग कार्यालयमामा सबै कुम्हाल गयौ त हाकिमले भने आफै काम गरि बनाएको माटोको भाडो गोइठो तथा परालले जलाएकोमा कर नलाग्ने बताए पनि ठाउ ठाउमा प्रहरीले पैसा मागि दुख दिएको गुनासो गरे ।

सरकारसँग लोप हुन लागिरहेको पेसालाई संरक्षण तथा संवर्दन गर्दिन हुन अनुरोध पनि गरे नत्र भने हाम्रो पेसा लोप भए पछि हामी अर्को काम गर्न पनि जान्दैनौ त हाम्रो हात मुख जोडन पनि समस्या आउने पंडितले बताए ।

यता सरकारले जारी गरेको स्टाटअप कर्जा सहुलियतमा हुने खाने, पहुच भएकाहरुको लागि भएको कुम्हालहरु बताउछन । यस्ता कार्याक्रमहरु वास्तिवक लाभगा्रहीलाई दिदा सदुपयोग हुने उनिहरु बताउछन । सरकारले हाम्रो पेशा तिर ध्यान दिदा स्वदेश मै आफनो पसिना बगाई मनग्य आम्दानी गर्न सकिने उनिहरुको भनाई रहेको छ ।

यम पञ्चको पहिलो रात देखि माटोले बनाईएको (पाला) दियोको झिलिमिलि बत्तीको सट्टा गाउँँ सहरमा अहिले आधुनिक बिजुली बत्ती मात्र देखिन्छ । दियो बाल्दा महँगो हुनुका साथै झन्झटिलो पनि भएकाले दिपवालीमा कलैया उपमहानगरपालिका देखि गाउँँ सम्म झिलिमिलिको साटो मिलिकमिलिक हुन थालेको छ ।

प्रत्येक वर्ष दिपवाली र छठ पर्वको समयमा २० लाख भन्दा बढिको मिलिकमिलिक बत्तीको कारोबार हुने गरेको बारा उधोग वाणिज्य संघका अध्यक्ष राजकुमार साह बताउछन ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण