फागुन २१ को चुनाव वैशाखमा सार्न कांग्रेस बैठकमा प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसको बैठकमा चुनाव वैशाखमा सार्नुपर्ने प्रस्ताव आएको छ। सानेपामा जारी केन्द्रीय गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले फागुन २१ को चुनाव वैशाखमा सार्न आवश्यक रहेको बताए। फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने उनको भनाइ छ।

उनले बैठकमा भने, ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउनेछ।’ महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा अहिले नेताहरूले धारणा राख्ने क्रम जारी छ।

सभापति देउवाको कुर्सी खाली
सभापति शेरबहादुर देउवाले सक्रिय भूमिका छाडेको बताए पनि काँग्रेस बैठकमा उनको कुर्सी यथावत् छ । देउवा बस्ने कुर्सी खाली राखेर कार्यवाहक सभापति खड्काले बैठक अगाडि बढाएका हुन् । काँग्रेसका एक केन्द्रीय सदस्य देउवाको कुर्सी खाली राखेर बैठक सञ्चालन हुनुको राजनीतिक अर्थ रहेको बताउँछन् ।

काँग्रेसभित्र महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा बहस भइरहँदा देउवा भौतिक रूपमा अनुपस्थित भए पनि राजनीतिक रूपमा क्रियाशील छन् भन्ने सन्देश दिन कुर्सी राखिएको हुनसक्ने उनले बताए । ‘शेरबहादुर दाईप्रति सम्मानको पनि कुरा होला । मुख्य कुरा चैँ कार्यवाहक दिएको मात्रै हो, राजनीति छाडेको होइन भन्ने सन्देश पनि दिन खोजिएको होला,’ संस्थापन पक्षका ती केन्द्रीय सदस्यले भने।

काँग्रेस बैठकमा जेनजी आन्दोलन र प्रभाव, १५ औँ महाधिवेशन तयारी, संसद् विघटन र घोषित निर्वाचन लगायतका ८ बुँदे एजेण्डा उपर छलफल भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की