११ जुन २०२६ सुरु हुँदै छ, फिफा विश्वकप

काठमाडौं । फिफा विश्वकप ११ जुन २०२६ सुरु हुँदै छ । यसको ‘क्रेज’ अहिले चरम सीमामा छ । विश्व फुटबलको नियमनकारी निकाय फिफाले अहिलेसम्म १० लाखभन्दा बढी टिकट बिक्री भइसकेको जनाएको छ ।

अहिलेसम्म १० लाखभन्दा बढी टिकट बिक्री

फिफाले अक्टोबर सुरुमा आधिकारिक रूपमा टिकट बिक्री सुरु गरेको हो । अपेक्षा गरिएअनुसार सबैभन्दा बढी आयोजक राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोकाबाट टिकट बिक्री भएको छ ।

फिफाले २ सय १२ विभिन्न देश र क्षेत्रका मानिसले पहिल्यै टिकट खरिद गरिसकेको जनाएको छ । प्रतियोगिताका लागि
अहिलेसम्म ४८ मध्ये २८ टोली छनोट भएका छन् । फिफाले टिकट खरिदको हिसाबले ‘शीर्ष १० देश’मा इंग्ल्यान्ड, जर्मनी, ब्राजिल, स्पेन, कोलम्बिया, अर्जेन्टिना र फ्रान्स समावेश रहेको बताएको छ । यो प्रतियोगिता ११ जुनदेखि १९ जुलाईसम्म चल्ने छ ।

‘विश्वभरका राष्ट्रिय टोली ऐतिहासिक फिफा विश्वकप २०२६ मा स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्, र म खुसी छु कि धेरै फुटबल प्रशंसक पनि उत्तरअमेरिकामा यस ऐतिहासिक प्रतियोगिताको हिस्सा बन्न चाहन्छन्,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भनेका छन्, ‘यो एक अविश्वसनीय अवसर हो र इतिहासको सबैभन्दा ठूलो, सबैभन्दा समावेशी फिफा विश्वकपले विश्वभरका समर्थकको ध्यान आकर्षित गरिरहेको अद्भुत संकेत पनि हो ।’

फिफाले आफ्नो पुनर्विक्रय साइट खोलिएको घोषणासमेत गरेको छ । न्युजर्सीको पूर्वी रदरफोर्डमा हुने विश्वकप फाइनलको टिकट बिहीबार दिउँसोसम्म प्रतिसिट ४९ हजार ५स य ३८ देखि ४५ हजार ७ सय ५सयसम्मको मूल्यमा उपलब्ध गराइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण