प्रधानमन्त्री कार्कीसँग ७ दलको छलफल अपरान्ह ४ बजे

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे दलहरूलाई बोलाइएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट यो औपचारिक छलफल हुन लागेको हो । यसअघि शीतल निवासमा राष्ट्रपतिले दलका नेतासँग गरेको छलफलमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति थियो ।

आसन्न फागुन २१ को निर्वाचनमा केन्द्रित रहेर प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा प्रमुख ७ दललाई निम्त्याइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल