मुम्बई । १९ अक्टोबरमा जन्मेका बलिउड अभिनेता सनी देओल आफ्नो जन्म दिनमा केही नयाँ गर्न चाहन्छन् । यसै क्रममा उनले आइतबार आफ्नो ६८ औँ जन्मदिन मनाए । यस विशेष अवसरमा, अभिनेताको नयाँ चलचित्रको घोषणा गरेका छन् ।
उनले आफ्नो नयाँ चलचित्र ‘गबरू’ को घोषणा गरेका हुन् । यो चलचित्रको फस्र्ट लुक्स पनि उनले आइतबार नै आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । चलचित्र निर्माणसँगै उनले यो चलचित्रको रिलिज मितिसमेत घोषणा गरेका छन् ।
ओम छांगानी र विशाल राणाद्वारा निर्मित यो चलचित्रलाई आगामी १३ मार्च २०२६ मा चलचित्र घरमा उनले रिलिज गर्ने बताएका छन् । चलचित्रलाई ओटिटी प्लेटफर्ममा नभएर ठूलो पर्दामै ल्याउने उनले बताएका छन् । यसमा मिथुनको संगीतमा सईद क्वादरीले लेखेको गीत पनि रेकर्ड गरिएको छ ।
अभिनेता सनी देओलको आगामी चलचित्र ‘गबरू’लाई शशांक उदापुरकरले लेखेका हुन् । यो चलचित्रको निर्माण केही समय अघिबाटै सुरु भए पनि यसको ’bout औपचारिक जानकारी गराइएको थिएन । त्यसैले अभिनेता सनी देओलकै जन्म दिन पारेर यसको निर्माण घोषणा गरिएको हो ।
आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस चलचित्रको पोस्टर सार्वजनिक गर्दै अभिनेता सनीले लेखेका छन्,‘शक्ति त्यो होइन जुन तपाईँले देखाउनुहुन्छ, शक्ति त्यो हो जुन तपाईँ गर्नुहुन्छ ! तपाईँको माया र आशीर्वादको लागि सबैलाई धन्यवाद । पर्खिरहनु भएको तपाईँ सबैको लागि यहाँ केही छ ः साहस, विवेक र करुणाको कथा गबरू ।’,
अभिनेता सनी देओल अरू पनि चलचित्रमा आबद्ध छन् । उनी उमेरले ६८ पुगे पनि अझै अरु जवान नायकहरू जस्तै पर्दामा प्रस्तुत हुने गरेका छन् । उनी अर्को चलचित्र ‘बोर्डर २’ मा पनि जोडिएको छन् । वरुण धवन, दिल जीत दोसांझ र अहान शेट्टी अभिनीत एवम् अनुराग सिंह निर्देशित चलचित्र ‘बोर्डर २’को उनले छायांकन सम्पन्न गरिसकेका छन् । यो चलचित्र आगामी २२ जनवरीमा रिलिज हुने भएको छ । यी अभिनेताले आफ्नो जन्म दिनमा शुभकामना दिने सबैलाई सामाजिक सञ्जालमार्फत आभार प्रकट गरेका छन् ।






