सप्तरीमा विद्युत सर्ट भई आगलागि

राजविराज । विद्युत सर्ट भई एक किराना पसलको स्टोर कोठामा आगलागि हुँदा दश लाख मुल्य बराबरको क्षति भएको छ ।

राजविराज ७ स्थित नागमणि किराना पसलको स्टोर कोठामा बुधबार राती ९ बजेतिर भएको आगलागिले १० लाख मुल्य बराबरको क्षति भएको हो ।

आगलागिबाट स्टोरमा राखिएका ७ कार्टुन रजनीगन्धा र तुलसी, तीन कार्टुन चुरोट, एक कार्टुन पेन्सिल, तीन बोरा पानबगान र भोला गुटका साथै फर्निचर र अन्य सरसामान जलेर नष्ट भई १० लाख मुल्य बराबरको क्षति भएको पसल संचालक नागेश्वर साहले जानकारी दिए ।

घटना ’bout जानकारी प्राप्त भएपछी खटेको प्रहरी टोलीले घटना मुचुल्का तथा क्षतिको विवरण संकलन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने