चेल्सी स्टार ओडोई पक्राउ

लन्डन । इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका युवा स्टार कलुम हड्सन ओडोई पक्राउ परेका छन् । लकडाउनको नियमको अवज्ञा गर्दै एक मोडल महिलासँगै रहेका कारण ओडोइलाई पक्राउ गरिएको इंग्ल्यान्डको महानगरीय प्रहरी अफिसरले बताएका छन् ।

हड्सन र ती मोडल महिलालाई आइतबार पक्राउ गरिएको हो । हड्सन अहिले हिरासतमा रहेका छन् । प्रहरीको रिपोर्टअनुसार हड्सन आफ्नै अपार्टमेन्टमा रहे पनि अनलाइनमार्फत चिनजान भएका मोडल महिलालाई आफ्नै अपार्टमेन्टमा बोलाएर बाहिर डुल्न निस्किएको बुझिएको छ । उनले महिलालाई लिन जानका लागि सवारीसाधन पठाएको समेत बुझिएको छ । रिपोर्टअनुसार घटनास्थलमा एम्बुलेन्स भेटिनुले हड्सनले ती मोडल महिलालाई बलात्कार गरेको हुन सक्ने अनुमान गरिँदा ती महिलाले हड्सनले बलात्कार गरेको दाबी गरेकी छन् ।

प्रहरी प्रवक्ताका अनुसार ती महिलाले लन्डन एम्बुलेन्स सेवालाई बोलाएर अस्पताल गएको बुझिएको छ । महिला अस्पतालामा तथा पुरुष हिरासतमै छन् । यस विषयमा अनुसन्धान जारी राख्न प्रहरी हड्सनतर्फ नै फर्किएको छ । उनीहरूले अपार्टमेन्ट खुसी आदानप्रदान गरिएको पाइएको उनीहरूका छिमेकीले बताएका छन् । छिमेकीका अनुसार ती मोडल निकै नै ‘ग्लयामरस’ रहेको र उनले लुइस विटनको ब्याग बोकेकी थिइन् । लन्डन क्लब चेल्सीले यस’bout बुझिरहेको बताएको छ ।

उनी कोरोना संक्रमण हुने पहिलो इंग्ल्यान्डका खेलाडी बनेका थिए । उनलाई गएको मार्चमा कोरोना पुष्टि भएको थियो । अप्रिलमा उनी कोरोनामुक्त भएका थिए । उनलाई यसै साताबाट प्रशिक्षणमा फर्कन क्लबले निर्देशन दिएको थियो । यो घटनासँगै इंग्लिस प्रिमियर लिग पुनः सुचारु भएको अवस्थामा उनले यो सिजनका बाँकी खेलहरू गुमाउन सक्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा एमालेबाट पाँच जना सिफारिस